×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

विराटनगरमा संसाझै हत्या

५ कार्तिक २०७५

विराटनगर, कार्तिक ५
मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बेला प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मुख्य बजारमा एक जनाको संसाझै हत्या भएको छ । बडादसैंको मुख्य दिन अर्थात विजयादशमीको टिकाको दिन शुक्रबार विराटनगरको हनुमान मन्दिर अगाडि धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको हो ।

धारिलो हतियार(छुरी) प्रहारबाट विराटनगर महानगरपालिका – १४ बस्ने राजेश भगतका छोरा १८ बर्षीय राहुल भगतको मृत्यु भएको हो । मोरङ प्रहरीको विशेष सुरक्षा योजना लागूभएको अवस्थामा बेलुका ७ : ३५ बजे अज्ञात ब्यक्तिले भगतलाई छुरी प्रहार गरी भागेका थिए ।

Advertisement
Advertisement

भगतको उपचारका लागि अस्पताल लैजादै गर्दा ज्यान गएको थियो । हत्याको कारण भने खुल्न सकेको छैन । चाडपर्वमा हुनसक्ने दुर्घटना न्युनीकरणका लागि मोरङ जिल्लामा ९ सय ५० जना कर्मचारी खटाईएको छ तर पनि प्रहरीकै नाकैमूनि अज्ञात ब्यक्ति हत्या गरी भाग्न सफल भएको छ ।

सामान्य विवादमा नै राहुलको हत्या भएको र प्रहरी घटनास्थल नजिकै रहेपनि मेलाको समयमा भीडभाड भएका कारण हत्यारा भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्यामकुमार श्रेष्ठले बताए ।

दसैंमा मोरङका अन्य ठाउँमा पनि हत्या लगायतका विभिन्न अपराधिक घटना दर्ता भएका छन् । तर प्रदेशको राजधानी रहेको विराटनगरको मुख्य बजारमा सम्साझै हत्या हुनु सुरक्षाको हिसाबले गम्भीर विषय हो ।

प्रहरीले आफ्नो काम अत्यन्त सक्रियता साथ गरेता पनि काहिँकतै घटना भएको र यस्ता घटना हुन नदिन प्रहरी मात्रै नभई नागरिक पनि सचेत हनुपर्ने डिसएपी श्रेष्ठले बताए । उनले शुक्रबार भएको हत्याको विषयमा पनि आफूहरु हत्यारा नजिक पुगेको बताए ।

“घटना जहाँ पनि हुन्छ यसलाई प्रहरी एक्लैले रोक्न सक्दैन अपराध रोक्नलाई समाजका विभिन्न अंगहरु, समाजका विभिन्न संरचनाहरु उत्तिनै जिम्मेवार हुन्छ ।” उनले अघि भने “हामी दिनरात अनुसन्धानमा खटिएका छौँ चाँडो भन्दा चाँडो टुङ्गोमा पुगेपछि सार्वजनिक गर्छौँ”

चाडपर्वमा प्रहरीले विशेष सुरक्षा योजना ल्याएपनि प्रदेश १ को राजधानी रहेको विराटनगरमा साँझकै समयमा हत्या हुनु र प्रहरी भएकै स्थानमा हत्या भएपनि हत्यारालाई पक्रन प्रहरी असफल हुनुले सुरक्षा चुस्त नभएको सर्वसाधरणको गुनासो छ ।

Advertisement
Advertisement

प्रहरीले विभिन्न सुरक्षा योजना भन्दै प्रहरी परिचालन गरेपनि सम्साझै बीचशहरमा हत्या हुनुले सर्वसाधरण नागरिकमा सुरक्षाको चिन्ता छाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top