×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रहस्यको चौघेरामा चामल प्रकरण : प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री !

२२ कार्तिक २०७७

सुर्खेत : शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९ रुपैयाँ सस्तोमा बिल काटेको भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले भन्यो, ‘आखिर घाटाको व्यापारभित्र के रहस्य छ भन्ने हामी हेर्दै छौं ।’

ढुवानी सेवाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट जापानी चामल प्रतिकेजी ५१ रुपैयाँ ५० पैसामा खरिद गरेको थियो । दुर्गा भगवती इन्टरप्राइजेजले भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाएको बिलमा भने प्रतिकेजी ४२ रुपैयाँ उल्लेख छ । दुर्गा भवानी र शर्मा ढुवानीका मालिक एउटै व्यक्ति (वासुदेव शर्मा) हुन् । मुगुको कालै बिक्री केन्द्रका लागि कम्पनीबाट उठाइएको चामल भक्तपुर पठाउने क्रममा सुर्खेत प्रहरीले कात्तिक १३ मा सुब्बाकुना चेकपोस्टबाट नियन्त्रणमा लिएको थियो । सुर्खेत प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले भक्तपुर प्रहरीको सहयोगमा अजय खाद्यान्नमाथि पनि अनुसन्धान भइरहेको बताए । ‘चामल कहाँ र कति रुपैयाँमा बिक्री गर्ने गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘गायब बनाइएको चामलसमेत कहाँ छ भन्नेबारे खोजी गरिरहेका छौं ।’

शर्मा ढुवानी सेवाले असोज २३ देखि २६ सम्म कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट १ हजार क्विन्टल जापानी चामल र कात्तिक ५ मा १ सय क्विन्टल अरुवा मोटो चामल उठाएको थियो । त्योमध्ये भक्तपुर पठाउने क्रममा २ सय ५० क्विन्टल नियन्त्रणमा लिइएको छ भने करिब ६० क्विन्टल शर्माको वीरेन्द्रनगरस्थित गोदाममा र ६० क्विन्टल कालै बिक्री केन्द्रमा छ । बाँकी ७ सय ३० क्विन्टल चामल कहाँ छ भन्नेमा प्रहरी अनुसन्धान निचोडमा पुग्न सकेको छैन । ‘प्रहरी नियन्त्रणमा रहेका ढुवानीकर्ताबाट त्यो चामल कहाँ कसलाई बेचियो भन्नेबारे सहजै थाहा पाउन सकिन्छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा वयक भन्छन्, ‘कम्पनीको गोदामबाट उठाइएको र भेटिएको चामलको परिमाणले अनुसन्धानलाई अझ गहिराइमा पुर्‍याउनुपर्ने आवश्यकता खड्किएको छ ।’ नभेटिएको भनिएको चामलका साथै यस प्रकरणमा जोडिएका अन्यको पनि खोजी गरिनुपर्नेमा उनले जोड दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शर्माले आफ्नो गोदाममा रहेको गत वर्षको मौज्दात चामल सस्तो मूल्यमा पठाउन लागिएको बयान प्रहरीलाई दिएका छन् । यदि त्यसो हो भने अनुदानको चामलमा हुने गरेको घोटालाको शृंखला विगत वर्षहरूबाटै भएको खुल्न आउँछ । किनकि शर्माले गत आर्थिक वर्षमा मुगुको कालै तथा पुलु बिक्री केन्द्र र डोल्पाको दुनै डिपोको लागि ४ हजार ९ सय क्विन्टल चामल ढुवानीको जिम्मा लिएका थिए । कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार तीन वटै स्थानमा चामल पुर्‍याएर बिक्रीसमेत भइसकेको छ । ‘गत आवको चामल ढुवानी भएर लेखा परीक्षणसमेत भइसकेको छ,’ शाखा प्रमुख माधव मिश्रले भने, ‘अहिले अनुसन्धानको दायरामा आएको चामल चालु आवकै हो ।’

अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएका कम्पनी सञ्चालक शर्मा भने छातीको समस्या देखाउँदै अस्पताल भर्ना भएका छन् । एसपी भट्टले बिहीबार साँझ उनलाई अस्पताल लगिएको र चिकित्सकको सिफारिसअनुसार त्यहीँ राखेर निगरानी गरिएको बताए ।

नियन्त्रणमा लिएपछि रकम भुक्तानी

शर्मा ढुवानी सेवाले गोदामबाट चामल उठाएबापत भुक्तानी गर्नुपर्ने रकम अनुसन्धान सुरु भएको चौथो दिन मात्र बैंकमा जम्मा गरेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार शर्मा ढुवानीले एक हजार क्विन्टल जापानी चामलको ५१ लाख ५० हजार र १ सय क्विन्टल अरुवा मोटो चामलको ४ लाख ७० हजार (प्रतिकेजी ४७ रुपैयाँको दरले) गरी कुल ५६ लाख २० हजार रुपैयाँ बैंकमा दाखिला गरेपछि मात्र चामल उठाउन पाउँथे । तर ढुवानी सेवाले असोज १६ मा नेपाल बैंक लिमिटेडमा रहेको खातामा ५० लाख रुपैयाँ जम्मा गरेर चामल उठाएको थियो ।

चामल नियन्त्रणमा लिएर अनुसन्धान थालिएपछि कात्तिक १७ मा शर्माले बैंकमा ५ लाख रुपैयाँ जम्मा गरेका छन् । कम्पनीका तत्कालीन शाखा प्रमुख भीम थापाले शर्माको नाममा अघिल्लो आवको रकम मौज्दात रहेको भन्दै ‘उधारो’ मा चामल दिएका थिए । ढुवानी सेवाले अघिल्लो आवको करिब ७ लाख ३३ हजार ९ सय ६५ रुपैयाँ कम्पनीबाट लिनुपर्ने थियो । ‘सायद ढुवानीकर्ताको रकम कम्पनीसँग रहेकाले पूरा मूल्य जम्मा नगरेरै चामल दिइएको हुनुपर्छ,’ असोज २८ देखि शाखा प्रमुखको जिम्मेवारी सम्हालेका मिश्रले भने, ‘यसमा खासै अस्वाभाविक काम भएजस्तो लाग्दैन ।’

यद्यपि कम्पनीका कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कम्पनीकै केन्द्रीय कार्यालयले आ–आफ्ना तर्फबाट अनुसन्धान थालेका छन् । अख्तियारका उपसचिव देवकुमार राईको टोली स्थलगत अनुसन्धानका लागि मुगु पुगेको छ भने कम्पनीको टोली सुर्खेत आउँदै गरेको शाखा प्रमुख मिश्रले बताए ।

कहाँ बिक्री हुन्छ जापानी चामल ?

कर्णालीका जनताका लागि नेपाल सरकारले पठाएको जापानी चामल बजारमा किन्न पाइँदैन । कुपोषणलाई समेत दृष्टिगत गर्दै पौष्टिक तत्त्व बढी भएको जापानी चामल कर्णालीमा पठाउने गरिएको छ । यो चामलको भात गिलो भए पनि खाँदा स्वादिलो हुने गर्छ । ‘जापानी चामलको भात खाएपछि ढिलो भोक लाग्छ, शारीरिक काम गर्ने मान्छेको लागि उत्तम हुने गर्छ,’ मिश्र भन्छन्, ‘त्यसैले कर्णालीलाई लक्षित गरी जापानी चामल पठाइएको हुनुपर्छ ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top