×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राष्ट्र बैंक भन्छ, ‘मूल्य वृद्धि घट्यो तर बजार भाउ कसरी आकाशियो ?’

१३ चैत्र २०७७

पूजा बेल्वासे, १३ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गएको माघ महिनाको मूल्य वृद्धिको तथ्याङ्क सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार माघ महिना २.७ प्रतिशत मात्रै मूल्य वृद्धि रहेको छ । यो वर्ष साउनदेखि माघसम्मको औसत मूल्य वृद्धि भने ३.५८ प्रतिशत मात्रै रहेको छ । यो सोही अवधिको गत वर्षको भन्दा कम मूल्य वृद्धि हो । गत वर्ष साउनदेखि माघसम्मको औसत मूल्य वृद्धि भने ६.४ प्रतिशत थियो । मूल्य वृद्धिको मापन यथार्थपरक छ भन्ने स्थापित गर्न त्यसले बजार मूल्यलाई सही रूपमा प्रतिनिधित्व गर्नुपर्छ । तर राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य वृद्धिको तथ्यांक र बजारभाउ बीच समानता नदेखिएको आम उपभोक्ताको गुनासो छ ।

राष्ट्र बैंकले खाद्य वस्तुको तुलनामा गैर–खाद्य वस्तुको मूल्य वृद्धि अझै कम देखाएको छ । शिक्षाको शुल्क त गत वर्षको तुलनामा ०.५ प्रतिशतले घटेको देखाइएको छ ।

राष्ट्र बैंकका अनुसार घरभाडा र जनउपयोगी सेवाहरू पानी, विद्युत्, दूरसञ्चार, इन्टरनेट लगायतको मूल्य खासै बढेको छैन । लत्ता कपडाको मूल्य वृद्धि गत वर्ष माघको तुलनामा २.८२ प्रतिशतले मात्र बढेको छ ।

स्वास्थ्य क्षेत्रको मूल्य वृद्धि ३.६ प्रतिशत छ । माघयता नेपाल आयल निगमले खाना पकाउने ग्यास लगायत अन्य पेट्रोलियम पदार्थको पनि मूल्य बढाइरहेको छ ।

माघमा निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ र पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ११२ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पु¥याएको थियो ।

इन्धनको मूल्य बढ्दा त्यसले आम उपभोक्ताको भातभान्छादेखि ढुवानी भाडाका कारण समग्र उपभोग्य वस्तुको मूल्य माथि लैजान्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार, तरकारीको मूल्यमा आएको गिरावटले समग्र खाद्य तथा पेय समूहको मूल्य कम देखिएको हो ।

‘गत वर्ष माघमा तरकारीको मूल्य ३८.३९ प्रतिशतले बढेको थियो । अहिले त्यो मूल्य १४.७१ प्रतिशतले घटेको छ । बजारमा अहिले तेल र माछामासुको मूल्य अत्याधिक बढेको छ । गत वर्षको माघको तुलनामा तेल तथा घिऊको मूल्य १८.१४ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य १८.८४ प्रतिशतले बढेको छ । त्यस्तै, दालको मूल्य १०.४१ प्रतिशतले बढेको छ । खाद्यवस्तुको डालोमा ठूलो भार ९६.७५ प्रतिशत भार भएको माछामासुको मूल्य ८.१९ प्रतिशतले बढेको छ । सूर्तीजन्य र मदिराजन्य वस्तुहरूको मूल्य पनि उच्च रूपमा बढेको भएपनि खाद्यवस्तुको डालोमा तिनीहरूको भार न्यून रहेकाले यसले समग्र मूल्य वृद्धिलाई ठूलो प्रभाव नपारेको प्रवक्ता भट्टले बताउँछन् । एकातिर राष्ट्र बैक भन्छ महङगी बढेको छैन् तर अर्को तिर आमउपभोक्ता भने महङगी बढेको बताउँछन् । बानेश्वरमा बस्दै आएकी सन्ध्या बजगाई भन्छिन् हरेक कुरा महङगो भएको छ , भान्सामा पकाउने हरेक कुरा महङगो भएको उनको भनाइ छ ।

अचाक्ली महगी बढेर खाधान्न तरकारी किन्नै नसकिने भएको गौशालामा बस्दै आएकी उमा भण्डारीको भनाइ छ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य वृद्धि चालु आर्थिक वर्ष २०७७–७८ मा ७ प्रतिशत भित्र राख्ने लक्ष्य राखेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top