×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सम्झनामा स्वरसम्राट नारायणगोपाल

१९ मंसिर २०७७

१९ मंसिर, काठमाडाैँ ।
जब–जब नेपाली गीत, संगीतको बारेमा कुरा हुन्छ, तब स्वरसम्राट नारायणगोपालको नाम सँगै जोडीएर आउँछ । नेपाली गीत संगीतका पर्याय बनेर अटल बनेका छन् स्वर स्माज नारायण गोपाल । नारायणगोपाल जिवित नरहेपनि उनका सिर्जना जिवित छन् । नेपाली जनजनमा मनमनमा उनी बस्न सफल भएका छन् ।

अद्भूत मिठास र गम्भिरता सहितको स्वरमा माया, प्रेम र विरहका भावहरु समेटिएको छ । त्यसैले त, अझै उनि मनभित्र मुस्कुराइरहेका छन्, गुनगुनाइरहेका छन्, नेपालीहरु माझ अमर छन् । नेपाली ईतिहासमा अहिलेसम्म जनताले नै दिएको बिशेषण “स्वरसम्राट” मात्रै हो । २०२८ सालमा पोखराको एक कार्यक्रममा कवि भुपि शेरचनले नारायणगोपाललाई पहिलोपटक स्वरसम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहू दिँदा राजाले पनि स्वर सम्राट नै भनेर सम्बोधन गरेपछि नारायणगोपाल निर्विवाद स्वरसम्राट भए ।

नेपाली आधुनिक संगीतका पर्यायवाची स्वरसम्राट नारायण गोपालले औपचारिक रुपमा कसैबाट पनि संगीतको शिक्षा लिएनन् । आफ्नै पिता आशागोपाल गुरुवाचार्यलाई प्रेरणाको रुपमा लिने नारायणगोपालले मानविकीशास्त्रमा स्नातकोत्तर गरे भने संगीत पढ्न भारत गएपनि अध्ययन नसकी फर्किएका थिए । पप गीतको औपचारिक सुरुवात ओमबिक्रम बिष्टबाट भएको मानिए पनि नारायण गोपाललाई सुरुमा पप गीत गाएको भनी आलोचना पनि गरिएको थियो, यती सम्मकी उनका पिताले छोरा छाडा संगीतमा लाग्यो भनी संगीतबाट नै अलग गराउन समेत खोजेका थिए । नारायणगोपालले स्वरसम्राटका रुपमा बिशिष्टता पाएपनि उनको जीवनको पहिलो पुरस्कार भने २०२३ सालमा संगीत बिधाका लागि मिलेको थियो । त्यसको १ बर्ष पछिमात्र उनले गायनका लागि पुरस्कार पाए । नारायणगोपालको विषयमा एउटा किस्सा छ– उनको ‘यो सम्झिने मन छ’ बोलको गीत रेडियोमा बढी बज्न थालेपछि उनले रेडियो नेपालमै गएर ‘कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनुहोला, यसले गीत लोकप्रियता घट्छ’ भनेछन् ।

स्वरसम्राट नारायणगोपालको जीवनमा असफलता पनि अनेकौं थिए । उनी पहिलो पटक स्वरपरीक्षामा अनुत्तीर्ण भए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरह्यो । नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी, चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । नेपाली संगीतमा ५ सय भन्दा बढि गीतमा स्वर र ३ सय जति गीतमा संगीत दिएका स्वरसम्राट नारायणगोपालको ५१ बर्षे जीवन यात्रा २०४७ सालको मंसिर १९ गते अर्थात आजकै दिन टुंगिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top