×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम नफैलाउँ : अर्थमन्त्री

१५ फाल्गुन २०७६

१५ फागुन, काठमाडौँ ।
अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत बर्षको तुलनामा कम नभएको स्पष्ट पारेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार नेपाल सरकारको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उनले समग्र मुलुकको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताएका हुन् ।

उनले आर्थिक बर्षको अन्त्य सम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गरे । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजन रहेको उनले दाबी गरे ।

पुर्व संञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिदै मन्त्री खतिवडाले सरोकारित र सम्बन्धीत निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरे । उनले भने “मिश्रित धारणाहरु आईरहेका छन् । अख्यिारयारलाई पनि थाहा छ । संसदीय समितिलाई थाहा छ । संबैधानिक ,कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् । ”

ठूला भ्रष्टाचार अभावजन्य भ्रष्टाचार नभएको भन्दै उनले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पारे ।

पुस्तक विक्रिमा लगाएको करका सम्बन्धी संचारकर्मीको जिज्ञासामा उनले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको बताए । पुस्तक विक्रिमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशत सम्म रहेको उल्लेख गर्दे उनले अरबौ रुपैया लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाईएको कर जाहेज भएको बताए । उनले पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगर्न सचेत गराए । उनले भने “पुस्तकको व्यापार हो ज्ञानको व्यापार होइन ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौ ।”

मौरिससबाट आउने लगानी रोकिएको सम्बन्धमा उनले स्रोत खुलेका र बैकिङ प्रणालीबाट आउने लगानी प्रभावित नहुने स्पष्ट पारे । संचारकर्मीले मौरिससबाट आउने लगानी रोक्दा समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्न सक्ने भन्दै त्यसबारे जिज्ञासा राखेका थिए । त्यस्तै उनले राष्ट्रबैकको गर्भनर नियुक्तिमा भएको ढिलाई बारे संचारकर्मीको जिज्ञासामा चैत ५ भन्दा अगाडि नै नियुक्त हुने बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top