Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१. (बाँस्कोटाको बचाउ)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ७० करोड कमिसन मागेको आरोप लागेका राजीनामा दिएका पुर्वसञ्चारमन्त्री बाँस्कोटाको बचाउ /बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमा मात्र राजीनामा दिएको तर्क ।

२.(कहिले आउँछ नतिजा ?)
विकास खर्च गत बर्षको तुलनामा कम नभएको अर्थमन्त्री युवराज खतिवडाको प्रष्टोक्ति /७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा जारी अध्ययनको नतिजा पर्खन आग्रह ।

३.(पुस्तकको कर जायज)
पुस्तक विक्रिमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेकाले नेपालमा पुस्तकमा लगाईएको कर जायज भएको सञ्चारमन्त्री खतिवडाको भनाई /पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम नफैलाउन सचेत ।

४.(जनतालाई भारी)
सरकारले विकास करको नाममा पेट्रोल र डिजेलको भाउ ५/५ रुपैयाँ बढायो /पेट्रोल र डिजेलमा यसअघि लाग्दै आएको ५ रुपैयाँ विकास करलाई १०/१० रुपैयाँ बनाइएको सञ्चारमन्त्री खतिवडाको भनाई ।

५.(स्वतेपत्रको रडाको)
स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माको चेतावनी /भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग ।

६.(महिन्द्रको धम्की)
सांसद महिन्द्र राय यादवद्वारा हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी/ चैत ११ सम्म काम सुरु नभए बैशाख १ बाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने ।

७.(कसका सुपुत्रको ?)
मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण /बाँस्कोटालाई सुपुत्रको व्यवहार गर्ने प्रधानमन्त्रीमाथि पनि शंका उब्जिको दाबी ।

८.(निराश नेकपाजन)
सत्तारुढ दल नेकपाकै सांसदद्वारा आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत /केही घटनाका कारण राजनीतिक स्थायित्वमाथि नै प्रश्न उब्जिएको भन्दै चिन्ता ।

९.(सचेतकको चेत)
संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको नेकपाका प्रमुख सचेतक देव गुरुङको भनाई /राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने उल्लेख ।

१०.(गेसो हर्षित)
परराष्ट्र मन्त्रालयले गोरखा सैनिकका विषयमा सन् १९४७मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षिय सन्धि पुनरावलोकनका लागि बेलायतलाई पठायो/ सरकार कदमको गोरखा भूतपूर्ण सैनिक संघ (गेसो)द्वारा स्वागत ।

११.(रबिन्द्रका लागि)
तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा / कार्यविधि निर्माण प्रकृयामा रहेकाले पुरस्कारको राशि भने टुङगो लाग्न बाँकी ।

१२.(बजारमा हरियाली)
साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा उतार चढावबीच नेप्से नयाँ रेकर्डका साथ बन्द / बिहीबार अहिले सम्मकै उच्च ४ अर्ब ४६ करोड बढीको कारोबार ।

१३.(पुरस्कारको प्रक्रिया)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन/कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेसंगै पदाधिकारीलाई घोषणा गरिएको पुरस्कार दिन बाटो खुल्ने ।

१४.(इपिएलमा को, कोसँग?)
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक/ चैत्र १ देखि १५ सम्मटियू क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटन खेलमा साविकविजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्ने ।

र,
१५.(इटालीमा तनाव)
इटालीमा कोरोना भाइरसका बिरामीको संख्या ४ सय पुग्यो /अचानक संक्रमण फैलिएकोमा चिन्ता व्यक्त /विश्वभर अहिलेसम्म २७ सय भन्दा धेरैको मृत्यु, ८० हजार भन्दा बढी संक्रमित ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.