×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिद्धबाबालाई १५ दिन भित्र झिकाउन उच्च अदालत विराटनगरको आदेश

१३ चैत्र २०७७

१३ चैत, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको हो ।‘ दुई जना श्रीमानको इजलासबाट प्रतिवादीलाई १५ दिन भित्र झिकाउने आदेश भएको छ,’उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘अदालती भाषामा यसलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’

जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई सफाई दिएपछि उच्च सरकारी वकिलको कार्यालयले २८ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।शुक्रबार सिद्धबाबालाई झिकाउने आदेश भएको हो । सिद्धबाबाका नाममा शुक्रबार अदालतले म्याद जारी गर्ने अदालतको तयारी छ । उच्च अदालतमा हाजिर भएपछि बयान र प्रमण पून बुझ्ने प्रकृया हुनेछ । त्यसपछि मुद्दाको पेसी सुरु हुनेछ ।

गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । प्रतिवादी पक्षको मात्रै बयानपछि जारी भएको फैसलामा महिलाको चरित्रमाथि प्रश्न उठाउँदै भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारिरीक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दावीबमोजिम जवरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीश नियुक्तीमा सिफारिसमा परेकै दिन गत फागुन २८ गते उच्चमा पुनरावेदन दर्ता भएको थियो ।

२०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनि २०७६ मंसिर ११ गते सिद्धबाबाकी महिला अनुयायीले जाहेरी दिएकी थिइन् । अदालतले सफाई दिएपछि गिरी चतरा स्थीत आफ्नै आश्रममा छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top