ताइवानलाई अलग राष्ट्र नदेखाउन भारतीय मिडियालाई चीनको चेतावनी

२१ असोज ७७, बिहीबार

२२ आश्विन, एजेन्सी ।
चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित–प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ ।

१० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए ।

नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बुधबार साँझ जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको हुँदा अलग राष्ट्रको सन्देश दिने किसिमका ती सामग्री प्रकाशित–प्रकाशित गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न ‘चेतावनी’ दिएको हो ।

Advertisement

‘ताइवानको तथाकथित राष्ट्रिय दिवसका बारेमा भारतीय मिडियाका साथीहरुलाई ताइवान चीनको अभिन्न अंग रहेको र भारतस्थित चिनियाँ दूतावास विश्वमा मात्र एउटा चीन रहेको जनवादी गणतन्त्र चिनियाँ सरकार मात्र पूरै चीनको प्रतिनिधित्व गर्ने एकमात्र सरकार भएको स्मरण गराउन चाहन्छ,’ दूतावासको प्रेस विभागद्वारा भारतीय मिडियालाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रमुख छापा माध्यममा प्रकाशित सामग्रीमा कोभिड–१९ महाव्याधीको रोकथाममा ताइवानले पाएको सफलतामा खुसी र गौरव मान्दै राष्ट्रिय दिवस मनाउन लागिएको उल्लेख छ । त्यसैगरी यो सफलताका पछाडि लोकतन्त्र, मानवअधिकार र विधिका शासन, निजी क्षेत्र र नागरिकहरुबीचको सहकार्यको नतिजा भएको समेत जनाइएको छ ।

Advertisement

केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए । त्यसैगरी दूतावासले चीनसँग कूटनीतिज्ञ सम्बन्ध रहेका सबै मुलुकहरुले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धताको दृढताका साथ सम्मान गर्न पनि सचेत गराएको छ ।

र, भारत सरकारले विगत लामो समयदेखि यही नीति अगींकार गर्दै आएको हुँदा भारतीय मिडिया पनि त्यसमा अडिग रहने र एक चीन नीतिको उल्लघंन नहुने अपेक्षा समेत दूतावासले गरेको छ ।

‘हामीलाई आशा छ भारतीय मिडिया ताइवानको सम्बन्धमा भाारत सरकारको नीतिलाई पालना गर्दै एक चीन नीति उल्लघंन गनेर् छैनन्,’ दूतावासले भनेको छ । दूतावासले भारतीय छापामा प्रकाशित विज्ञापनमा रहेका ‘ताइवानका राष्ट्रपति’ र ‘राष्ट्र’ जस्ता शब्दहरुप्रति आपत्ति जनाउँदै त्यस्ता शब्दले आममानिसमा गलत सन्देश प्रवाह भएको जनाएको छ ।

चिनियाँ दूतावासले उक्त विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै ताइवानले पनि जवाफमा कडा प्रतिक्रिया दिएको छ । ताइवानको विदेश मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट चीनले भारतमा सेन्सरसिप लाद्न खोजेको आरोप लगाएको छ ।

‘भारत धरतीकै जीवन्त प्रेस र स्वतन्त्रता मन पराउने मानिसहरु भएको सबैभन्दा ठूलो लोकतन्त्र हो । तर, लाग्छ कम्युनिस्ट चीन यसमहाद्वीपमा सेन्सरसिप लाद्न चाहन्छ,’ ताइवानको विदेश मन्त्रालयको ट्वीटमा भनिएको छ ।

लद्दाख क्षेत्रमा सीमालाई लिएर भारत र चीनबीच विगत चार महिनादेखि तनाव कायमै रहेको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा ताइवानको राष्ट्रिय दिवसको प्रचारप्रसार गरिनुलाई निकै अर्थपूर्ण ठानिएको छ ।

चीनले आफ्नो प्रान्तका रुपमा दाबी गर्दै आएको भूभागलाई अलग राष्ट्रका रुपमा चित्रण हुने गरी सामग्री प्रकाशित गनुलाई उसमाथि दबाब सिर्जना गर्ने रणनीतिका रुपमा पनि हेरिएको छ ।

सीमा विवाद र जम्मू–कश्मीरको विषयमा संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा चीनले पाकिस्तानलाई समर्थन गर्दै आएको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा यस किसिमको सामग्री प्रकाशित र प्रकाशित हुनुलाई भारतको अप्रत्यक्ष ढंंगले चीनमाथि दबाब बढाउने रणनीति रुपमा समेत विश्लेषण गरिएको छ ।

साथै यसलाई आर्थिक र सामरिक दुवै हिसाबले विश्वशक्तिका रुपमा उदाउँदै गएको चीनलाई दबाबमा राख्न अमेरिकी रणनीति र हालका दिनमा भारत–अमेरिकाबीच बढ्दो निकटतासँग पनि जोडेर हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top