NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

ताइवानलाई अलग राष्ट्र नदेखाउन भारतीय मिडियालाई चीनको चेतावनी

बिहिबार अशोज २२ , २०७७
Reading Time: 1 min read
A A
ताइवानलाई अलग राष्ट्र नदेखाउन भारतीय मिडियालाई चीनको चेतावनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ आश्विन, एजेन्सी ।
चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित–प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ ।

१० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए ।

नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बुधबार साँझ जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको हुँदा अलग राष्ट्रको सन्देश दिने किसिमका ती सामग्री प्रकाशित–प्रकाशित गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न ‘चेतावनी’ दिएको हो ।

‘ताइवानको तथाकथित राष्ट्रिय दिवसका बारेमा भारतीय मिडियाका साथीहरुलाई ताइवान चीनको अभिन्न अंग रहेको र भारतस्थित चिनियाँ दूतावास विश्वमा मात्र एउटा चीन रहेको जनवादी गणतन्त्र चिनियाँ सरकार मात्र पूरै चीनको प्रतिनिधित्व गर्ने एकमात्र सरकार भएको स्मरण गराउन चाहन्छ,’ दूतावासको प्रेस विभागद्वारा भारतीय मिडियालाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रमुख छापा माध्यममा प्रकाशित सामग्रीमा कोभिड–१९ महाव्याधीको रोकथाममा ताइवानले पाएको सफलतामा खुसी र गौरव मान्दै राष्ट्रिय दिवस मनाउन लागिएको उल्लेख छ । त्यसैगरी यो सफलताका पछाडि लोकतन्त्र, मानवअधिकार र विधिका शासन, निजी क्षेत्र र नागरिकहरुबीचको सहकार्यको नतिजा भएको समेत जनाइएको छ ।

केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए । त्यसैगरी दूतावासले चीनसँग कूटनीतिज्ञ सम्बन्ध रहेका सबै मुलुकहरुले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धताको दृढताका साथ सम्मान गर्न पनि सचेत गराएको छ ।

र, भारत सरकारले विगत लामो समयदेखि यही नीति अगींकार गर्दै आएको हुँदा भारतीय मिडिया पनि त्यसमा अडिग रहने र एक चीन नीतिको उल्लघंन नहुने अपेक्षा समेत दूतावासले गरेको छ ।

‘हामीलाई आशा छ भारतीय मिडिया ताइवानको सम्बन्धमा भाारत सरकारको नीतिलाई पालना गर्दै एक चीन नीति उल्लघंन गनेर् छैनन्,’ दूतावासले भनेको छ । दूतावासले भारतीय छापामा प्रकाशित विज्ञापनमा रहेका ‘ताइवानका राष्ट्रपति’ र ‘राष्ट्र’ जस्ता शब्दहरुप्रति आपत्ति जनाउँदै त्यस्ता शब्दले आममानिसमा गलत सन्देश प्रवाह भएको जनाएको छ ।

चिनियाँ दूतावासले उक्त विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै ताइवानले पनि जवाफमा कडा प्रतिक्रिया दिएको छ । ताइवानको विदेश मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट चीनले भारतमा सेन्सरसिप लाद्न खोजेको आरोप लगाएको छ ।

‘भारत धरतीकै जीवन्त प्रेस र स्वतन्त्रता मन पराउने मानिसहरु भएको सबैभन्दा ठूलो लोकतन्त्र हो । तर, लाग्छ कम्युनिस्ट चीन यसमहाद्वीपमा सेन्सरसिप लाद्न चाहन्छ,’ ताइवानको विदेश मन्त्रालयको ट्वीटमा भनिएको छ ।

लद्दाख क्षेत्रमा सीमालाई लिएर भारत र चीनबीच विगत चार महिनादेखि तनाव कायमै रहेको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा ताइवानको राष्ट्रिय दिवसको प्रचारप्रसार गरिनुलाई निकै अर्थपूर्ण ठानिएको छ ।

चीनले आफ्नो प्रान्तका रुपमा दाबी गर्दै आएको भूभागलाई अलग राष्ट्रका रुपमा चित्रण हुने गरी सामग्री प्रकाशित गनुलाई उसमाथि दबाब सिर्जना गर्ने रणनीतिका रुपमा पनि हेरिएको छ ।

सीमा विवाद र जम्मू–कश्मीरको विषयमा संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा चीनले पाकिस्तानलाई समर्थन गर्दै आएको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरुमा यस किसिमको सामग्री प्रकाशित र प्रकाशित हुनुलाई भारतको अप्रत्यक्ष ढंंगले चीनमाथि दबाब बढाउने रणनीति रुपमा समेत विश्लेषण गरिएको छ ।

साथै यसलाई आर्थिक र सामरिक दुवै हिसाबले विश्वशक्तिका रुपमा उदाउँदै गएको चीनलाई दबाबमा राख्न अमेरिकी रणनीति र हालका दिनमा भारत–अमेरिकाबीच बढ्दो निकटतासँग पनि जोडेर हेरिएको छ ।

लोकप्रीय

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

ट्रेन्डिंग समाचार

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी
समाचार

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.