कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

२२ असोज ७७, बिहीबार

२२ असाेज, उदयपुर।

Advertisement

उदयपुर कटारी-८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा बुधबार अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसेर दुर्घटना भएको छ । कन्टेनर दुर्घटना हुदा कन्टेनर भित्र रहेका दुई जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

यसै गरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह चालक सुनसरी बहारका विजय भुजेल घाईते भएका छन् । घाईते उनीहरुको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top