कोरोना संक्रमित पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने

२२ असोज ७७, शुक्रबार

२२ असाेज, काठमाडाैँ ।

चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तहको प्रवेश परीक्षा लिने भएकाे छ । आयोगले बिहीबार सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने जनाएकाे हाे ।

प्रवेश परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थी पनि सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जनाएका छन् ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top