चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री ल्याउन पहल भइरहेको छ : मन्त्री ज्ञवाली

२२ असोज ७७, शुक्रबार

२३ असाेज, काठमाडाैँ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा बिहीबार स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताए ।

उनले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

Advertisement

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटोछरितो कार्य सम्पादन गरी राष्ट्रसेवकको भूमिका निर्वाह गर्न आफ्ना मातहतका कर्मचारीलाई आग्रह गरे ।

परराष्ट्रमन्त्रीका साथ तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायतको पनि सहभागिता थियो ।रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top