देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ

२२ असोज ७७, शुक्रबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।

सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम लकडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ, “देशभरि लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ ।” प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर(सीसीएमसी)का सदस्य समेत हुनुहुन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । उपत्यका हटस्पटको रुपमा परिणत हुँदैछ । तर हटस्पटको रुपमा परिणत भएपनि उपत्यकामा लकडाउन वा निषेधित क्षेत्र घोषणाको तयारी देखिन्न । सीसीएमसीले उक्त अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको छ । यसअघि पनि उपत्यकामा सङ्क्रमित बढ्दा स्थानीय प्रशासनले नै निषेधित क्षेत्र घोषणा गरेको थियो । यद्दपी प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सकिने बताउनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top