NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लेखक र बालेनले दिए बयान, के भने ? मङ्लबार पुस ८ , २०८२
दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह मङ्लबार पुस ८ , २०८२
रवि र बालेनबीच मध्यरातसम्म वार्ता, एउटै गाडीमा हात हल्लाउदै बाहिरिए मङ्लबार पुस ८ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

डिन बर्खास्तीमा रोकियो सरकार र डा.केसी पक्षकाे वार्ता

शुक्रबार अशोज २३ , २०७७
Reading Time: 1 min read
A A
डा. केसी र सरकारबीचको वार्ता ४ बजे फेरी बस्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार वार्ता भए पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीसम्बन्धी विषयका कारण निष्कर्षमा पुग्न सकेन । दुवैतर्फका टोलीले भने वार्ता सकारात्मक ढंगले अघि बढेको र निष्कर्षको नजिक पुगिसकेको दाबी गरेका छन् ।

शिक्षा मन्त्रालयमा सरकारी र डा. केसीतर्फको वार्ता टोलीबीच करिब १० घण्टा लामो छलफल भएको थियो । सरकारी टोलीले बिहीबार साँझ मात्रै वार्ता गर्ने भने पनि दबाब दिएर बिहान १०ः४० बजै ने सुरु गरेको डा. केसी पक्षका एक सदस्यले बताए । डा. केसी ६ बुँदे माग राखेर २५ दिनदेखि आमरण अनशनमा छन् । आईओएममा वरिष्ठता मिचेर गरिएको नियुक्ति सच्याउनुपर्ने उनको माग छ । विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलमा मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थासमेत गरिनुपर्नेमा उनको जोड छ ।

अख्तियारको बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने माग पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भएको तर परामर्श गर्न समय नपाएको हुनाले त्यसलाई टुंगो लगाउन नसकिएको वार्ता टोलीका एक सदस्यले बताए । ‘मागको बुँदा–बुँदामा छलफल भयो, आन्तरिक गृहकार्य पनि गर्नुपर्ने देखिएकाले वार्ता स्थगन गरिएको छ,’ केसीतर्फका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले भने, ‘शुक्रबार बिहानै बस्छौं ।’ डा. केसीको पक्षका एक सदस्यले जीवन घिटीघिटीमा पुगेका बेला पनि सरकारले बुझ्न नसकेको टिप्पणी गरे ।

LS Auto

आईओएममा वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति हुनुपर्ने माग डा. केसीले २०६९ को पहिलो अनशनदेखि नै उठाएका हुन् । उनको तेस्रो अनशन (२०७०) का क्रममा आईओएममा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति गर्ने सहमति सरकारसँग भएको थियो । तर त्रिविले आईओएमको डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. शाहलाई वरिष्ठता मिचेर गत असार ३ मा नियुक्ति दियो । त्यतिबेलै डा. केसीले नियुक्ति सच्याउन विज्ञप्तिमार्फत आग्रह गरेका थिए । भदौ २३ मा डिन डा. शाहकै सिफारिसमा शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नेकपानिकट डा. दिनेश काफ्ले नियुक्त भएका छन् ।

डिन डा. शाह ३३ औं वरीयताक्रममा

छिन् भने डा. काफ्ले उनीभन्दा पनि पछाडि छन् । प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले दुवैलाई नियुक्ति दिएको स्रोतको दाबी छ । डा. काफ्ले पूर्वएमाले खेमाका आईओएमभित्र प्रभावशाली प्राध्यापक मानिन्छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा मेडिकल कलेज, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायतका कार्यक्रम सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने मागमा भने लगभग सहमति भइसकेको दुवै वार्ता टोलीले दाबी गरेका छन् । २०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने डा. केसीको अर्को माग छ । उक्त मागका विषयमा पनि सहमतिनजिक पुगिएको डा. क्षत्रीले जनाए । ऐन संशोधनका लागि सुझाव दिन कार्यदल बनेको छ ।

उक्त विषय कार्यदलकै जिम्मामा छाड्ने विषयमा छलफल भएको थियो । बयलपाटा अस्पतालमा पूर्वाधार र जनशक्ति पुर्‍याउने विषयमा पनि सरकार सकारात्मक रहेको छ । ठूला भ्रष्टाचार काण्डहरू छानबिनको विषयमा पनि ठूलो मतभेद नरहेको वार्ता टोलीले जनाएको छ ।

डा. केसीसँग वार्ता गर्न बुधबार सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको थियो । बिहीबार वार्ता सुरु हुनुअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव शंकरदास बैरागी र सरकारी वार्ता टोलीका संयोजक मैनालीबीच डा. केसीका मागका विषयमा छलफल भएको थियो । बिहान १०ः४० मा सुरु भएको बैठक ३ बजे स्थगित भएर पुनः ५ बजे सुरु भएको थियो । डा. केसीतर्फका वार्ता टोलीका सदस्यले छलफल सकारात्मक रहेको भन्दै उनलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

लेखक र बालेनले दिए बयान, के भने ?

लेखक र बालेनले दिए बयान, के भने ?

मङ्लबार पुस ८ , २०८२
दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

मङ्लबार पुस ८ , २०८२
रवि र बालेनबीच मध्यरातसम्म वार्ता, एउटै गाडीमा हात हल्लाउदै बाहिरिए

रवि र बालेनबीच मध्यरातसम्म वार्ता, एउटै गाडीमा हात हल्लाउदै बाहिरिए

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

लेखक र बालेनले दिए बयान, के भने ?
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

लेखक र बालेनले दिए बयान, के भने ?

लेखक र बालेनले दिए बयान, के भने ?

मङ्लबार पुस ८ , २०८२
दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

मङ्लबार पुस ८ , २०८२
रवि र बालेनबीच मध्यरातसम्म वार्ता, एउटै गाडीमा हात हल्लाउदै बाहिरिए

रवि र बालेनबीच मध्यरातसम्म वार्ता, एउटै गाडीमा हात हल्लाउदै बाहिरिए

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.