×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

मेडिकल कलेज सञ्‍चालक-सत्ताकाे सम्बन्ध : बाहिर चेतावनी, भित्र हिमचिम

२३ आश्विन २०७७

काठमाडौँ : अतिरिक्त शुल्क फिर्ता नगरे सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत वर्ष निजी मेडिकल कलेजहरूलाई चेतावनी दिए । प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्‍यो र १२ वटा मेडिकल कलेजले विद्यार्थी तथा अभिभावकलाई बिल भर्पाइ नदिई ३ अर्ब रुपैयाँ ठगी गरेको प्रतिवेदन तयार गर्‍यो ।

त्यसका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमा छापा मार्‍यो । सञ्चालकहरूका आफन्तसमेतको सम्पत्ति रोक्का भयो । तर यसबीचमा कलेजहरूले न शुल्क फिर्ता गरे, न त उनीहरूमाथि कुनै कारबाही नै भयो ।

Advertisement
Advertisement

विद्यार्थी आन्दोलनको दबाबपछि कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध २०७५ फागुन २३ गते ठगीको आरोपमा पक्राउ पुर्जी जारी गर्‍यो । पक्रन ‘सफल नभएपछि’ उनीहरूलाई फरार सूचीमा राखियो । नोबेल (विराटनगर), नेसनल (वीरगन्ज) र चितवन मेडिकल कलेजमा विभागले २०७६ मंसिर १ गते छापा मारेर लुकाइएका सम्पत्ति विवरण बरामद गरेको थियो । तर यस बीचमा यी चारै कलेजका सञ्चालकहरू सुनिल शर्मा, बसरुद्दिन अन्सारी, हरिशचन्द्र न्यौपाने, खुमा अर्यालको सम्बन्ध प्रधानमन्त्री तथा मन्त्रीसँग निकै निकट भइसकेको विभिन्न घटनाक्रमले देखाउँछन् । जबकि उनीहरूमाथि प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले लगाएको आरोप निरूपण भएकै छैन ।

स्रोतका अनुसार गण्डकी मेडिकल कलेजमाथि कारबाही अघि नबढाउन राष्ट्रपति कार्यालयबाट ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यू’ को सन्देश भन्दै विभागमा रहेका अनुसन्धान अधिकृतहरूलाई दबाब दिइएको छ । ‘त्यो दबाबका साथै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको सहयोगमा खुमा अर्याल बिस्तारै बाहिर आउने वातावरण बन्यो,’ मन्त्रीनिकट एक सहयोगीले भने । उसका अनुसार मन्त्री अर्यालको निवासमा उनको आउजाउ बाक्लै छ । ‘खुमा अर्याल परिवारका साथ आउँदा कहिलेकाहीं मन्त्री क्वार्टरमा पार्टी हुन्छ,’ ती सहयोगीले भने ।

Advertisement

प्रतिनिधिसभामा स्याङ्जा २ मा उम्मेदवारी दिएकी पद्मालाई खुमाले निकै सहयोग गरेको स्रोतको दाबी छ । खुमाले कांग्रेसबाट त्यही निर्वाचन क्षेत्रमा टिकट दाबी गरेका थिए । तर गोपालमान श्रेष्ठले टिकट पाएपछि खुमाले पद्मालाई सघाएका हुन् ।,याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top