सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला

२६ बैशाख ७५, बिहीबार

पथरी, मोरङ, २६ वैशाख ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् ।

सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज पथरीमा आयोजित विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गरे ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top