दसैंलगत्तै सिटिईभिटीका विभिन्न तहका परीक्षा सुरु हुने

२२ असोज ७७, शुक्रबार

२३ असोज, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारण स्थगित विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।

२०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ।

परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।

Advertisement

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले सूचना निकालेर जानकारी दिएको छ।

परिषदले छिट्टै परीक्षा तालिका निकाल्ने बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top