‘रामायण सर्किट’काे अवधारणा छिट्टै कार्यान्वयनमा ल्याइने

२३ असाेज, काठमाडाैँ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार भेट गरेका छन् । सिहंदरबारमा रहेकाे मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो ।

भेटवार्तामा भैरहवा नाकाबाट उडान प्रवेश गर्नेका साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे तथा कोभिड–१९ का कारण बन्द रहेको काठमाण्डौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुरु गर्नेबारेमा पनि कुराकानी भएको जनाइएकाे छ  ।

Advertisement

त्यस्तै संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले ‘रामायण सर्किट’ को अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्रेतायुगमा भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै ‘रामायण सर्किट’ भन्ने गरिएको छ । जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयंवरपछि सीतालाई लिएर गएको धार्मिक भूमिलाई नै अहिले रामायण सर्किटका नामले चिनिन्छ । ६ सय ५० किलोमिटर लामाे सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्ने लक्ष्य लिएको छ ।

Advertisement

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनकाे क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top