सी विश्वकै सर्वाधिक शक्तिशाली, मोदी परे शीर्ष दशमा

विराटनगर ः शक्तिशाली र धनी ब्यक्तिहरुको सूची निकाल्ने चर्चित  फोब्र्स पत्रिकाले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सुचीमा चीनका राष्ट्रपति सी जिन पिङ्ग पहिलो स्थानमा परेका छन् । चारपटकसम्म पहिलो स्थानमा रहेका रुसका राष्ट्रपति भ्लाधिमिर पुटिनलाई पछि पार्दै सीले पहिलोपटक शीर्ष स्थान हासिल गरेका हुन् ।

फोब्र्सले ७५ जना शक्तिशाली मानिसहरुको सूची सार्बजनिक गरेको हो । फोब्र्सका अनुसार पृथ्वीको ७ अर्ब भन्दा बढी जनसंख्यामा यी ७५ व्यक्तिहरुको प्रभाव सबैभन्दा बढी रहेको छ । फोब्र्सले शक्तिशाली व्यक्तिहरुको छनौट उनीहरुको कार्य र बोलीले मानिसहरुमा पार्ने प्रभावका आधारमा गर्ने गरेको बताएको छ ।

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यो सूचीमा नवौँ स्थानमा परेका छन् ।

फोब्र्सको सूचीमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाई समेत पछि पार्दै भारतका प्रधानमन्त्री मोदीले नवौँ स्थानमा आउन सफल भएका हुन् ।

भारतबाट उनका अतिरिक्त व्यवसायी मुकेश अम्बानी पनि यस सूचीमा ३२ औँ स्थानमा परेका छन् ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथो स्थानमा आएकी छन् ।
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको राष्ट्रपति रहेका ट्रम्प भने तेस्रो स्थानमा परेका छन् ।

यसवर्षको सूचीमा आएका १७ नयाँ नामहरुमा भने सबैभन्दा अगाडि साउदी अरबका राजकुमार मोहोम्मद बिन सलमान आठौँ स्थानमा आउन सफल भएका छन् ।

त्यसैगरी ५४ औँ स्थानमा परेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको नाम पनि पहिलोपटक यस सूचीमा देखा परेको हो । तर उत्तर कोरियाली नेता किम जोङ उनले ३६ औँ स्थान प्राप्त गरि आफ्नो दक्षिणी छिमेकीका समकक्षीलाई पछाडी परेका छन् ।

फ्रान्सका म्याक्रोन १२ औँ मा रहँदा जापानी प्रधानमन्त्री ३८ औँ स्थानमा रहेका छन् । उता द्वन्द्वग्रस्त सिरियाका राष्ट्रपति बसर अल अस्सद पनि फोब्र्सको सूचीमा परेका छन् । उनी यो सूचीको ६२ औँ स्थानमा रहेका छन् ।
फेसबुकका कार्यकारी अध्यक्ष मार्क जक्करबर्ग १३ औं स्थानमा रहदा एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कुक २४औं स्थानमा छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top