Nepal Times
Nepal Times
3
Shares

लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा

लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा

२४ आश्विन, कैलाली ।
लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर–४ का महिला खुशी भएका छन् ।

टीकापुर–४ अस्नेहरीमा भएको लामो अवधिको जन्मान्तरका लागि स्याटेलाइट क्लिनिकमा इम्प्लान्ट सेवा लिएकी सीमा कार्कीले अब पाँच वर्षका लागि ढुक्क भएको बताएन् ।  कार्कीले भनिन्, “इम्प्लान्ट सेवा लिन टीकापुर अस्पताल जानुप¥थ्र्यो, स्वास्थ्यकर्मी गाउँमै आए, म जस्तै धेरै महिलालाई सजिलो भयो ।”

टीकापुर–४ कै सुनिता चौधरीले एउटा बच्चा हुँदा गत वर्ष जन्मान्तरका लागि केही साधन प्रयोग गरौँ भनी श्रीमान्सँग सल्लाह गरिन् तर उनका श्रीमान्ले वास्ता गरेनन् । सुनिताका हाल दुई बच्चा छन् । पहिलो बच्चा ढाइ वर्षको छ भने अर्को बच्चा चार महिना पुगिसक्यो ।

सुनितालाई दोस्रो बच्चा जन्मेदेखि जन्मान्तरका लागि केही गर्न पाएँ हुने भएको थियो । “म फेरि गर्भ रहन सक्छ भनी चिन्तामा थिए । यस्तो महामारीको समयमा अस्पताल जानसमेत सकेकी थिइन”, सुनिताले भनिन्, “गाउँमै सेवा पाए अब पाँच वर्ष ढुक्क भयो ।”

सुनिता स्थानीय सरकारले महिलाका यस्तै खाले समस्या बुझ्न आवश्यक रहेको बताउछिन् । शुक्रबार भएको स्याटेलाइट क्लिनिकमा वडा नं ४ का ३० महिलाले इम्प्लान्ट सेवा लिएका छन् ।

इम्प्लान्ट राखेमा पाँच वर्ष जन्मान्तरका लागि ढुक्क हुन्छ । लामो समयसम्म अपनाइने परिवार नियोजनका साधन प्रयोग गर्न चाहनेका लागि स्याटेलाइट क्लिनिक गरिएको सिनियर अनमी हेमा ज्ञवालीले बताइन् । उनले वडास्तरमा मागअनुसार अन्य वडामा पनि सञ्चालन हुँदै आएको बताइन् ।

“हामीले स्वयंसेविकामार्फत् महिलालाई कस्तो खालका सेवा आवश्यक छन् भनी बुझ्छौँ”, ज्ञवालीले भनिन्, “नगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर गाउँमै गएर सेवा दिने योजना बनाएको छ । ” ज्ञवालीले परिवार नियोजनमा अस्थायी साधन प्रयोग गर्नेमा ७० प्रतिशत महिला रहेको बताइन् ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाको आयोजनामा भएको कार्यक्रममा धनसिंहपुर स्वास्थ्यचौकीकी अनमी कमला शर्मा र अस्नेहरी शहरी स्वास्थ केन्द्रकी मेलिना केसीले सेवा दिएकी थिइन् । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.