×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा

२४ आश्विन २०७७

२४ आश्विन, कैलाली ।
लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर–४ का महिला खुशी भएका छन् ।

टीकापुर–४ अस्नेहरीमा भएको लामो अवधिको जन्मान्तरका लागि स्याटेलाइट क्लिनिकमा इम्प्लान्ट सेवा लिएकी सीमा कार्कीले अब पाँच वर्षका लागि ढुक्क भएको बताएन् ।  कार्कीले भनिन्, “इम्प्लान्ट सेवा लिन टीकापुर अस्पताल जानुप¥थ्र्यो, स्वास्थ्यकर्मी गाउँमै आए, म जस्तै धेरै महिलालाई सजिलो भयो ।”

Advertisement
Advertisement

टीकापुर–४ कै सुनिता चौधरीले एउटा बच्चा हुँदा गत वर्ष जन्मान्तरका लागि केही साधन प्रयोग गरौँ भनी श्रीमान्सँग सल्लाह गरिन् तर उनका श्रीमान्ले वास्ता गरेनन् । सुनिताका हाल दुई बच्चा छन् । पहिलो बच्चा ढाइ वर्षको छ भने अर्को बच्चा चार महिना पुगिसक्यो ।

सुनितालाई दोस्रो बच्चा जन्मेदेखि जन्मान्तरका लागि केही गर्न पाएँ हुने भएको थियो । “म फेरि गर्भ रहन सक्छ भनी चिन्तामा थिए । यस्तो महामारीको समयमा अस्पताल जानसमेत सकेकी थिइन”, सुनिताले भनिन्, “गाउँमै सेवा पाए अब पाँच वर्ष ढुक्क भयो ।”

सुनिता स्थानीय सरकारले महिलाका यस्तै खाले समस्या बुझ्न आवश्यक रहेको बताउछिन् । शुक्रबार भएको स्याटेलाइट क्लिनिकमा वडा नं ४ का ३० महिलाले इम्प्लान्ट सेवा लिएका छन् ।

इम्प्लान्ट राखेमा पाँच वर्ष जन्मान्तरका लागि ढुक्क हुन्छ । लामो समयसम्म अपनाइने परिवार नियोजनका साधन प्रयोग गर्न चाहनेका लागि स्याटेलाइट क्लिनिक गरिएको सिनियर अनमी हेमा ज्ञवालीले बताइन् । उनले वडास्तरमा मागअनुसार अन्य वडामा पनि सञ्चालन हुँदै आएको बताइन् ।

“हामीले स्वयंसेविकामार्फत् महिलालाई कस्तो खालका सेवा आवश्यक छन् भनी बुझ्छौँ”, ज्ञवालीले भनिन्, “नगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर गाउँमै गएर सेवा दिने योजना बनाएको छ । ” ज्ञवालीले परिवार नियोजनमा अस्थायी साधन प्रयोग गर्नेमा ७० प्रतिशत महिला रहेको बताइन् ।

Advertisement

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाको आयोजनामा भएको कार्यक्रममा धनसिंहपुर स्वास्थ्यचौकीकी अनमी कमला शर्मा र अस्नेहरी शहरी स्वास्थ केन्द्रकी मेलिना केसीले सेवा दिएकी थिइन् । (रासस)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top