लहान कृषिमेला सम्पन्न

२७ बैशाख ७५, बिहीबार

लहान, २७ वैशाख ः महादेव बजार समिति वीरनगरले आयोजना गरेको कृषिमेला सम्पन्न भएको छ ।

Advertisement

लहान नगरपालिका– १५ महादेव चोकस्थित दलित जनकल्याण युवा क्लब लहानको सहकार्यमा उक्त कृषिमेला आयोजना गरिएको हो । मेलाको उद्देश्य स्थानीय कृषि उत्पादन अभिवृद्धि तथा दिगो खेती प्रवद्र्धन गर्नु रहेको थियो ।

मेलामा तरकारी र माछाका करिब १०० कक्ष रहेका थिए । सो अवसरमा प्रथम हुने कृषक रुकमैना चौधरीलाई रु पाँच हजार ५१, दोस्रो हुने आनन्दी चौधरीलाई रु तीन हजार ५१ तथा तेस्रो हुने जिवक्ष महतोलाई रु दुई हजार ५१ पुरस्कार प्रदान गरिएको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top