×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

जोखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा

२७ बैशाख २०७५

रत्ननगर, चितवन, २७ वैशाख ः चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले सोही वडाको दुम्किम भन्ने स्थानमा आठ घर प्रभावितलाई जग्गा उपलब्ध गराएको हो ।

Advertisement
Advertisement

“दुम्किममा बुधबार स्थलगत निरीक्षणपछि चार कट्ठा जग्गा खरिदको सहमति भयो, केही दिनभित्रैमा पीडितको नाममा जग्गा पास हुन्छ, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख पुष्कर पोखरेलले भने, “समथर भूभागको सुरक्षित स्थानमा उनीहरूले जग्गा प्राप्त गरेका छन् ।”

प्रति घर १० धुरका दरले जग्गा प्राप्त गरेका उनीहरुले झण्डै एक बिगाहा आवादी जग्गासमेत प्रयोग गर्न पाउने छन् ।

जग्गाधनी उत्तरकुमार गुरुङले पीडितलाई बसेरमात्रै नहुने भएकाले उनीहरुलाई दुःखजिलोका लागि भनेर थप एक बिगाहाजति आवादी हुँदै आएको ऐलानी जग्गासमेत उपलब्ध गराइएको बताए।

यसरी जग्गा प्राप्त गर्नेमा होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङ रहेका छन् । अन्य दुई घरका लागि पनि जग्गा खोजी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यसअघि राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घर परिवारलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार इच्छाकामना वडा नं ४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको थियो । जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top