एकै परिवारका ८ जनामा कोरोना संक्रमण

२४ असोज ७७, आइतबार

२५ आश्विन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ७ जलुके रांगकासमा एकै परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

Advertisement

५५ वर्षीया रिता खड्काको परिवारका ८ जनामा संक्रमण देखिएको हो। उनको परिवारमा रहेका ३१ र २३ वर्षीय २ छोरा, २४ र १६ वर्षीया २ छोरी, २७ वर्षीय बुहारी, ढाइ वर्षीय एक नाती र ५ वर्षीया नातिनी समेत गरी ८ जनामा कोरोना देखिएको छ ।

एक छोरीको रिपोर्ट कोरोना नेगेटिभ आएको छ भने अर्की बुहारीको रिपोर्ट आउन बाँकी छ । घरका सबैलाई कोरोना देखिएपछि आफूहरु स–परिवार होम आइसोलेसनमा बसेको छोरा विशाल खड्काले बताए ।

Advertisement

उनले भने, शितगंगा नगरपालिका १२ को कोठियामैदानमा गएको पहिरोको उद्धार तथा राहात वितरणबाट आएपछि रुघा लाग्ने, ज्वरो आउने भयो । त्यहाँ गएका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सभा सदस्य लगायतका सुरक्षा निकायका प्रमुखलाई कोरोना पोजिटिभ देखिएपछि शंका लागेर सपरिवारको स्वाब परीक्षण गरियो ।

घरका सबैलाई कोरोना देखियो । तर अहिलेसम्म सबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । लक्षण सामान्य देखिएपनि परिवारका ८ जनालाई एकैसाथ संक्रमण देखिँदा मानसिकरुपमा कमजोर भएको उनको भनाइ छ ।

Advertisement

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा एकै घरका ७ जनासहित ११ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए ।

अर्घाखाँचीमा समुदायस्तरमा कोरोना फैलिएको छ । समुदायमा बढी घुलमेल गर्नेहरु नै कोरोना संक्रमित भएका छन् । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, नेपाली कांग्रेस उपसभापती शान्त भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, रामवाण गुल्मका गुल्मपति पनि कोरोना संक्रमित छन् ।

जिल्ला अस्पताल अर्घाखाँचीका ४ जना चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । रेडक्रसका जिल्ला सभापतिलगायत शिक्षकमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी सहितकालाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यलयको सम्पूर्ण सेवा पाँच दिनदेखि बन्द रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए । जिल्ला अस्पतालका चिकित्सक सहतिका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल चार दिनदेखि बन्द छ ।

अस्पतालबाट प्रदान गरिने प्रसूति सेवा समेत बन्द रहेको अर्घाखाँची अस्पतालका डाकटर कपिल गौतमले जानकारी दिए । जिल्लामा कुल संक्रमित ४ सय ८६ मध्ये हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९६ रहेको छ । कोरोनाका कारण जिल्ला भर ४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ८६ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top