आफूविरूद्ध उभिएका विपक्षी दलहरूको एकतालाई इमरान खानले दिए ’डाँकुहरूको एकता’ को संज्ञा

२५ असोज ७७, सोमबार

२६ असोज, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकार विरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन् ।

आफू विरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले ’डाँकुहरूको एकता’ बताएका छन्।

असोज ५ गते पाकिस्तानका पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए।

Advertisement

उनीहरूले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका थिए। गठबन्धनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू रहेका छन्।

’सारा बेरोजगार नेता एकसाथ खडा भएका छन्। यो डाँकुहरूको एकता हो। विपक्षले आफ्नो इच्छा अनुसार जुलुस(जलसा गरून्, कानुन तोडेमा सिधा जेल जानेछन् र त्यो जेल भिआईपी जेल हुनेछैन, आम कैदीवाला जेल हुनेछ’, पाकिस्तानी अखबार ’जंग’मा इमरानले चेतावनी दिदैं भनेका छन्।

Advertisement

आफू विरूद्ध मोर्चाबन्दी गरेको विपक्षी गठबन्धनविरूद्ध इमरान खरोरूपमा उभिरहेका छन्। उनले यसमा खासगरी नवाज शरीफलाई आफ्नो मुख्य निशाना बनाएका छन्।

’विपक्षीको उदेश्य लोकतन्त्र हैन, भ्रष्टाचार बचाउनेछ । लोकतन्त्र त म हूँ, देशले प्रगति गरिरहेको छ। त्यसैले विपक्षीलाई सरकार ढाल्ने हतारो छ’, इमरानले भने।

वकिलहरूको एक संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले मुख्य रूपमा शरीफमाथि निशाना साँधे। उनले शरीफ पंजाब पुलिस बन्ने ध्याउन्नमा रहेको आरोप लगाए।

’नवाज शरीफ सेनालाई पंजाब प्रहरी बनाउन चाहन्छन्। जब उनी सत्तामा हुन्छन् तब सबैमा काबु राख्छन्, आईएसआईलाई काबुमा राख्ने प्रयास गर्छन् अनि लडाईं हुन्छ। यही कारण उनको सेना प्रमुखसँग कुरा मिल्दैन’, उनले भने।

उनले आफूलाई सेनासँग कुनै समस्या नरहेको र सेना हरेक ठाँउमा सरकारसँगै उभिएको दाबी गरे।

नवाजले हाल भ्रष्टाचार अभियोगमा सजाय काटिरहेका छन् र पछिल्लो समय उपचारका लागि लन्डनमा छन्।

भ्रष्टाचार निवारण संस्था नेशनल एकाउन्टेविलिटी ब्यूरोले नएक मुद्धामा नवाजलाई अदालतमा हाजिर हुने आदेश दिएको थियो। त्यहाँ नवाज हाजिर भएनन् जसका कारण ब्यूरोले उनको पासपोर्ट र परिचयपत्र रद्ध गर्ने सिफारिस गरेको छ। ब्यूरोले उनलाई भगौडा र नगद पुरस्कार घोषणा गरिएको अपराधी बनाउने प्रक्रिया सुरू गरेको छ।

यसका अलावा पाकिस्तान सरकारले शरीफका भाइ र मुश्लिम लिगका अध्यक्ष शहबाज शरीफकी पत्नी र उनका दुई छोरासमेत १० जनाको नाम एक्जिट कन्ट्रोल लिस्टमा राखेको छ। यसको अर्थ उनीहरू देश छोडेर जान सक्दैनन्।

आयभन्दा धेरै सम्पतिको मामिलामा शहबाज शरीफको अन्तरिम जमानत खारेज भएपछि उनलाई २८ सेप्टेम्बरमा लाहोर हाइकोर्टबाट पक्राउ गरिएको थियो।

तर सरकारको यस कारवाहीबाट विपक्षी दलहरू डराएका छैनन् र इमरानमाथि उनीहरूको हमला कम भएको छैन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top