कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी

२६ असोज ७७, मंगलबार

काठमाडौँ : काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् ।

Advertisement

कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् ।

आफू र परिवारका सबै सदस्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, होम आइसोलेसनमा बस्न सम्भव भएका सबैलाई होम आइसोलेसनमा राख्ने र सम्भव नभएकालाई संस्थागत आइसोलनमा राख्ने काम उपत्यकाका नगरपालिकाले
गर्दै आएका छन् ।

Advertisement

सङ्क्रमितलाई नियमित सान्त्वना र हौसला बढाउने काम उपत्यका नगरपालिकाले गर्दै आएको सम्बद्ध नगरपालिकाले जनाएका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top