भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

जनकपुर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय नेपाल भ्रमणका लागि मोदी जनकपुर आइपुगेका छन् । एयर इन्डियाको विशेष जहाजबाट मोदी जनकपुर आएका हुन् ।

Advertisement

जनपकुर विमास्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउत तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले स्वागत गरेका छन् ।

मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त रुपमा जानकी मन्दिरमा पुजा गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको घोषणा गर्नेछन्।

Advertisement

रामायण सर्किटको घोषणापछि मोदीलाई जनकपुर उपमहानगरपालिकाको आयोजनामा बाह्र बिघामा विशेष अभिनन्दन गरिने कार्यक्रम छ ।

त्यहाँ उनले सम्बोधन गर्नेछन्। दुई घण्टाको जनकपुर बसाइपछि उनी भारतीय वायु सेनाकै विमानबाट काठमाडौं आउनेछन्।् काठमाडौंमा उनलाई सैनिक मञ्च टुँडिखेलमा उनलाई सेनाले ‘गार्ड अफ अनर’ दिनेछ ।

Advertisement

त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार नै दुई प्रधानमन्त्रीबीच साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुनेछ भने त्यसलगत्तै द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता हुनेछ। उक्त वार्ता पनि होटेल द्वारिकाजमै हुने कार्यक्रम रहेको छ ।

द्विपक्षीय वार्तापछि मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने र अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले साँझ उनको सम्मानमा होटल द्वारिकाजमै रात्रीभोज आयोजना गरेका छन्।

मोदी शनिबार बिहान ६ बजे मुस्ताङको मुक्तिनाथमा पूजाअर्चनाका लागि जानेछन्। त्यहाँ मुक्तिनाथ दर्शन र पूजाअर्चना गर्नेछन्। मुक्तिनाथ दर्शनपछि जोमसोम हुँदै उनी काठमाडौं उत्रनेछन्। काठमाडौं आएर पशुपतिनाथ दर्शन गर्नेछन् ।

दिउँसो काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको सम्मानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । अभिनन्दनपछि उनी दिउँसो ४ बजे स्वदेश फर्किनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top