×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२७ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कहर बन्दै कोरोना)
नेपालमा थप १८ गरी हालसम्म ६ सय ६३ संक्रमितको मृत्यु/आज ३५ सय ५६ संक्रमित थपिदा १५ सय ३ जना डिस्चार्ज/देशभर सक्रिय संक्रमित ३५ हजार ९ सय १५ पुगे ।

Advertisement

२.(सम्झाउने कि थर्काउने ?)
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाए/ओली दाहालबीचको छलफलपछि प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं आउन आग्रह ।

३.(कर्णालीको उलटफेर)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको प्रमुख सचेतकमा सीता नेपाली रहँदा खाली भएको सचेतकको जिम्मेवारी कालीकोटबाट सांसद कुर्मराज शाहीको पोल्टामा/प्रमुख सचेतक गुलाबजंग शाहले प्रमुख सचेतक पद गुमाए ।

४.(विपद वहस)
जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको गृहको तथ्यांक ।

५.(किचलो मै कित्ताकाट)
भू—उपयोग ऐन कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्ने सम्बन्धि कुनै पनि निर्णय कार्यान्वयन नगराउन संसदीय समितिको सरकारलाई निर्देशन/जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न कित्ताकाट खोलिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको भनाइ ।

६.(जाग्दैछन् युवा)
बलात्कारीलाई मृत्युदण्डको सजायको माग गर्दै विराटनगरका युवाहरु सडकमा /सरकार मौन र कानमा तेल हालेर बसिरहेको आरोप लगाउँदै तत्काल कडा कानुन निमार्ण र कार्यान्वयन गर्न माग ।

७.(लुटेराको दाउ)
जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकार सहित भक्तपुरका तीन जना काठमाडौंबाट पक्राउ/ जग्गा किन्ने बहानामा लुटपाट गरी कुटपिटमा परेका गम्भिर घाइतेको मृत्यु भएको खुलासा ।

८.(डीडीसीबाट होसियार)
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर बरामद /सरकारी संस्थानकै गोदाममै ठूलो परिमाणमा म्याद नाघेका खाद्य वस्तु भेटिरहँदा सरकारी अनुगमनमाथि उब्जियो प्रश्न ।

९.(कति होला उचाईं ?)
विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा/ कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभाग र भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयबीच छलफल जारी ।

१०.(संरक्षणको उपाय)
एलपी ग्यासको धरौटी मूल्य देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ तोकियो/अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने ।

११.(भनिदिए भईहाल्यो)
लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्य वस्तु महँगो नभएको उद्योगमन्त्री लेखराज भट्टको दावी/अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको उल्लेख ।

१२.(मंगल हेर्न नछुटाऔं)
आज राती ११बजेर २० मिनेटमा मंगल ग्रह र पृथ्वी आमने सामने हुँदै / मंगल ग्रह, पृथ्वी र सुर्यको सिधा रेखामा पर्ने भएकाले सबैभन्दा चम्किलो र ठूलो देखिने / नांगो आँखाले नै मंगल ग्रहको रंग, यसका पहाड तथा वायुमण्डलहरु देख्न सकिने ।

१३.(रेलको चटारो)
सरकारले जनकपुरधामदेखि भारतको जयनगरसम्म रेल चलाउने तयारी थाल्यो /बन्द रहेको रेल सेवा लगभग ७ वर्षपछि सञ्चालन आउँदै/ नेपाल रेल्वेका पूराना डिजेल तथा कोइला इन्जिन भने कवाडी बन्दै ।

१४.(खोपमै रोकावट)
औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा कोरोनाविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित /एक सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीको भनाई ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
कोरोना माहामारीबाट हालसम्म विश्वभर १० लाख ८६ हजार बढीको मृत्यु /३ करोड ८१ लाख बढी संक्रमित हुँदा २ करोड ८६ लाख बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top