सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण

सिंगापुर, २८ वैशाख ः सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ ।

प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा भनेका छन्– हामीलाई लाग्छ यसले आगामी दिनमा विश्व शान्तिको लागि सही मार्गनिर्देश गर्नेछ ।

Advertisement

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

विश्व समुदायबाट व्यक्त चासोको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार बहुप्रतिक्षाको विषय रहेको सो भेटवार्ता जुन १२ मा हुन लागेको छ भनेका छन् ।

Advertisement

उक्त वार्तामा हुने कुराकानीको विषयमा भने सन्देशमा केही उल्लेख गरिएको छैन । उनले विश्वकै चासोको र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने ट्वीटरमार्फत जनाएका छन् ।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए ।

ती एसियाली नेताहरूको छलफलको बारेमा जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई पनि जानकारी गराउनु भएको समाचारमा जनाइएको थियो । प्रधानमन्त्री आबे र राष्ट्रपति ट्रम्पबीच पनि केही दिनअघि मात्र कुराकानी भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको पनि बताएका छन् । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि बुधबार नै रिहा गरेको छ ।

यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गरेका थिए । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको थियो ।

उनले यी दुई देशका उच्च नेताबीच हुनलागेको आसन्न वार्ताको वातावरण निर्माण भएको बताएका छन् । उनी अघोषित रूपमा बुधबार उत्तर कोरिया पुग्दा नागरिकमा वार्ताको लागि आशाको सञ्चार भएको बताइएको थियो ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राखेका छन् । उनले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top