जाडो शुरु हुन लाग्दा अमेरिकामा संक्रमण थप फैलने डर

२८ असोज ७७, बुधबार

२८ आश्विन, एजेन्सी ।
मध्यपश्चिम र पश्चिमी हिमाली क्षेत्रमा अनियन्त्रित रुपमा कारोनाभाइरस संक्रमण फैलिएकै कारण गएको अगष्टदेखि अमेरिका सबैभन्दा बढी संक्रमितहरुको देश बन्न पुग्यो।

Advertisement

अब जाडो शुरु हुन लाग्दा संक्रमण थप फैलने डर बढेको छ। गएको सात दिनमा १६ राज्यमा कोरोनाभाइरस संक्रमण भएका नयाँ बिरामी थपिइरहेका छन्। यसअघि अन्य राज्यमा फैलिएको संक्रमणको तुलनामा अहिले नर्थ र साउथ डाकोटामा संक्रमण दर बढेको छ।

नर्थ डाकोटा क्यानडासँग सीमा जोडिएको राज्य हो। साउथ डाकोटा नर्थको दक्षिणमा पर्छ। यी राज्यसहित विस्कन्सिनका शहरहरुमा पछिल्ला दिनमा संक्रमण दर उच्च भएपछि खुला चौरमा नै अस्थायी अस्पतालहरु खोल्ने तयारी थालिएको छ।

Advertisement

विस्कन्सिनका गर्भनर टोनी एभर्सले यही साता त्यहाँको संसदका नेताहरुलाई पत्र लेख्दै मास्कको माग बढाउन र सामुहिक भेलालाई सीमित गर्न सहयोगका लागि आग्रह गरेका छन्।

उनले पत्रमा लेखेका छन्, “हामी आशावादी छौँ कि संक्रमण दरको बक्र रेखालाई समतल बनाउन सकिनेछ र यी सुविधा फेरि प्रयोग गर्नुपर्ने छैन। अहिले विस्कन्सिनबासी संघर्ष गरिरेका छन् र एकदमै डराएका पनि छन्।”

Advertisement

गएको साता सोमबारसम्म प्रत्येक दिन ५० हजारका दरले नयाँ संक्रमित थपिएका थिए। यो संख्या गएको जुलाईको अन्त्यसम्ममा दैनिक पत्ता लागेका संक्रमितभन्दा निकै कम हो। त्यति वेला औषतमा दैनिक ६६ हजार नयाँ संक्रमित भेटिएका थिए।

तर, अमेरिकाको अवस्था चिन्ताजनक नै छ र, झनै भयावह हुँदै गएको छ। विज्ञहरुले चिसो मौसममा भाइरस संक्रमण बढ्ने चिन्ता गरिरहेका छन्। त्यति वेला मान्छे घरभित्रै थुनिए पनि संक्रमित हुने खतरा भएको उनीहरुको भनाइ छ।

कोभिड ट्रयाकिङ प्रोजेक्टको तथ्याङ्क अनुसार विशेषगरी उत्तरी समतल राज्यहरुका अस्पतालका शैय्या संक्रमितहरुले भरिएका छन्। अहिले पनि त्यहाँ ३६ हजार ३४ संक्रमित अस्पतालमा छन्। गएको २९ अगस्ट यता अस्पतालमा भएका बिरामीको यो सबैभन्दा ठूलो संख्या हो।

३६ राज्यमा नयाँ संक्रमितको संख्या बढिरहेको छ। जसमध्ये पूर्वोत्तर राज्य धेरै छन्। इलिनोइसमा मात्र यो महीना नौ हजारको मृत्यु भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top