भारतीय सेनापति कात्तिक १८ मा नेपाल आउने

२८ असाेज,  काठमाडौं ।

भारतका सेनापति मनोज मुकुन्द नरवाणेकार्तिक १८ मा नेपाल भ्रमणमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतका २८ औं सेनाध्यक्ष नरवाणे  नेपाल भ्रमणमा आउन निश्‍चित भएपछि त्यसका लागि जंगीअड्डाले विशेष तयारी थालेको छ।

भारतका सेनाध्यक्ष नरवाणे नेपाल भ्रमणमा आउने निश्चित भएको र त्यसका लागि तयारी सुरु भइसकेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले बताए ।

Advertisement

भारतबाट अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसो बन्दै गरेको अवस्थामा हुन लागेको सेनापतिको भ्रमणलाई महत्वका साथ हेरिएको छ। नयाँ नक्सा प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलोपटक हो।

भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,रक्षामन्त्री ईश्वर पोखरेल र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम रहेकाे पनि बताइएकाे छ। तीन दिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम छ।

Advertisement

भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको छ। सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गरिसकेका छन्।

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण दुई देशबीच चिसिएको सम्बन्ध सुधारका लागि एउटा अवसर हुनसक्‍ने भन्दै त्यसलाई विशेष सतर्कताका साथ उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले सरकारलाई दिएका छन्।

दुई देशबीचको राजनीतिक तहमा उत्पन्‍न असमझदारी तथा तनावको छाया सैन्य सम्बन्धमा पनि केही देखिएको थियो। दुई देशका सेनाबीच निकै लामो र गहन सम्बन्ध एवं आदान प्रदान छ। सन् १९५० को दशकदेखि दुवै देशले छिमेकी सेनापतिलाई मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन छ। नेपाली सेनाले प्रयोग गर्ने हतियार तथा गोलीगठ्ठाजस्ता घातक र अरू गैरघातक सैन्य सामग्रीहरू भारतबाट आपूर्ति हुने गरेको छ।  दुवै देशका सैनिक अधिकारीहरू एक अर्काको देशमा तालिमका लागि आउने जाने क्रम पनि निरन्तर हुँदै आएको छ।

त्यसैगरी नेपाली प्रभाभारतीय सेनामा सातवटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियन रहेका र त्यसमा ४० हजारभन्दा बढी नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत रहेका छन्।

नेपालसँग कुनै पनि परामर्श र सहमति बिना भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक बनाएर वैशाख २६ गते उद्घाटन गरेपछि यसको नेपालमा व्यापक विरोध तथा आलोचना भएकाे थियाे। त्यसको प्रतिक्रियामा भारतीय सेनाका प्रमुखनरवणेले तेश्रो देशको आडमा नेपालमा उक्त विरोध भएको हुनसक्ने धारणा राखेका थिए। त्यो अभिव्यक्तिप्रति आलोचना उनकाे भएकाे थियाे।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top