बढी भाडा असुल्दै सार्वजनिक यातायात

२८ असोज ७७, बिहीबार

२९ असाेज, काठमाडाैँ ।

सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो । सार्वजनिक यातायातका चालक, परिचालकले भने यसलाई कार्यान्वयनमा ल्याएका छैनन् ।

Advertisement

राजधानीमा सञ्चालन हुने यातायातले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने भन्दै ५० प्रतिशत नै बढी भाडा लिइरहेका छन् । यात्रु प्रेमबहादुर थापा चक्रपथ चल्ने सिटी यातायातको बा२ख १२०४ नं। को सार्वजनिक यातायातका परिचालकले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने उपत्यकामा पाइन्छ भन्दै चार किमी यात्रा गर्दा पनि रु २५ नै लिएको गुनासो गरे ।

सीट क्षमतानुसार यात्रु राख्न र पुरानै भाडादरमा चार किमी यात्रा गर्दा रु १४ नै भाडा लिन सरकारले निर्णय गरेको चार दिनसम्म पनि अनुगमन नहुँदा बढी भाडा लिइएको हो । यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । मन्त्रिपरिषद्को गत असार २३ गतेको बैठकले सीट क्षमताको आधा यात्रु राखी २०७५ असोज ७ गतेदेखि कार्यान्वयनमा आएको भाडाको ५० प्रतिशत बढी लिन पाउने निर्णय भएको थियो ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव सीट क्षमतानुसार यात्रु राखी पुरानै भाडादरमा सार्वजनिक यातायात चलाउनुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चारमाध्यमबाट सुने पनि लिखित जानकारी नपाएकाले कार्यान्वयन गर्न नसकिएको बताए । ५० प्रतिशतभन्दा पनि बढी भाडा लिने सवारीलाई भने दैनिक कारवाही भइरहेको महाशाखाले जनाएको छ । बुधबार उपत्यकामा मात्र ४२ सार्वजनिक यातायातलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल सञ्चारमाध्यमबाट सीट अनुसार नै यात्रु राखी ५० प्रतिशत बढी भाडा लिन नपाइने निर्णय भएको भन्ने प्रचारप्रसार भए पनि लिखित जानकारी नआएकाले यस विषयमा केही भन्न नसकिने बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा स्यानिटाइजरको व्यवस्था गरी सीट क्षमताको आधामात्र यात्रु राख्ने नियम लागू भएका बेलासमेत व्यवसायीले कार्यान्वयन गरेका थिएनन् । असोज २६ गते अघि पनि बढी भाडा लिने र सुरक्षा उपाय नअपनाउने सवारीलाई मशाखाले कारवाही गरेको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top