×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्मला हत्या प्रकरणमा मुछिएका तीन प्रहरीको निलम्बन फुकुवा

२९ आश्विन २०७७

२९ असोज, काठमाडौं ।

निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारीकाे निलम्बन फुकुवा भएकाे छ ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो । डीएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने धामी र साउदको प्रहरी प्रधान कार्यालयले गरेको हो ।

योसँगै उनीहरु प्रहरीको नियमित काममा फर्किने बाटो खुलेको छ । उनीहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिइसकेको छ ।

सीआईबीका तत्कालीन डीएसपी जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामीलाई गृह मन्त्रालयले ३१ भदौ २०७५ मा निलम्बन गरेको थियो ।

तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । उनीहरुमध्ये डीएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् । अवकाश पाइसकेकाहरुले निलम्बित भएका वेलाको सेवा, सुविधाका लागि अपिल गर्न सक्नेछ जनाइएकाे छ ।

बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टको हकमा भने मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने  स्राेतले जनाएकाे छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top