×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

सर्पदंशका बिरामीलाई झारफुक गर्न थालेपछि धेरैको ज्यान गयो

३० आश्विन २०७७

३० असाेज, ताप्लेजुङ ।

ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका-५ तापेथोककी धनमाया मावो गत असारको अन्तिम साता घर नजिकैको सुङ्गुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो ।

Advertisement
Advertisement

त्यसपछि श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल हिँडेर धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि धनमायाको मृत्यु भयो । ‘‘हामीले बेलुका मात्रै थाहा पायौँ’’ छिमेकी रामले भने, ‘‘झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।’’ उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको क्रममा फक्ताङलुङ गाउँपालिका– ६ लेलेप सडकको ग्याबिन बुन्न पुगे । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा लुकेर बसेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो । गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भयो र झारफुक गरे । तर सिकिस्त अवस्थामा पुगेपछि थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भयो र थप उपचारको लागि २२ गते झापाको चारआली सर्पदंस अस्पतालमा पुर्याइयो । उनको अहिले उपचार जारी छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई विसं २०७६ वैसाख २६ मा घरमै सर्पले डस्यो । सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । तर परिवारले उपचारमा लगेनन् बरु धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिन्दै गयो । निको नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्य चौकी लगियो ।

स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाहा दियो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीयवासी दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटकपटक बाइबल पढाइएको थियो ।

अनि निको हुन्छ भन्दै परिवारका सदस्यलाई बाहिर कतै नलैजान भनिएको थियो । सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ– ४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पुर्याइयो ।

अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा विर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उनी सर्पको शिकार भएका थिए ।

फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सात जना, २०७५/७६ मा चार जना र २०७४/७५ मा चार जनाको सर्पको टोकाइबाट नै मृत्यु भएको भट्टराईको भनाइ छ ।

यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् ।अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङलिङ नगरपालिका-२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राती धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लैजानेतर्फ कसैले चासो दिएनन् । बिहान ५ बजे उनको मृत्यु भयो ।

फक्ताङलुङ गाउँपालिका—४ का मणिप्रसाद लावुङकाअनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैंची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्ने जस्ता परम्परागत उपचार पद्दति व्याप्त छ ।

निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताए । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि हुने चिकित्सक बताउँछन् ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाको भनाइ छ । ‘‘सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ,’’ लामाले भने, ‘‘गलत उपचारले रगतमा इन्फेक्सन हुन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।’’

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न डा.लामाको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै उत्तम उपाय भएको लामा बताउँछन् । ‘‘सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन, त्यस अङ्गलाई सकेसम्म हलचल नगरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने सुझाव उनको छ । गाउँघरमा सर्पदंशका कारण नागरिक पीडित हुने गरेका छन् ।

Advertisement

तर यस क्षेत्रमा उपचारको राम्रो र सुलभ प्रबन्ध छैन । देशका तीनै तहका सरकारको यस समस्याप्रति कुनै योजना र ध्यान नै छैन । खासगरी यस समस्याबाट न्यून आय भएका सर्वसाधारण व्यक्ति बढी प्रभावित भइरहेका छन् । आफ्नो पालिकामा अन्य भन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूको भनाइ छ । ‘‘हाम्रो क्षेत्रका नागरिकलाई सर्पले धेरै दुःख दिइरहेकोले यो वर्षदेखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको लिम्बूले जानकारी दिए ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top