काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

१ कात्तिक ७७, शनिबार
Share this
704shares

काठमाडौँ : काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो । कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।

Advertisement

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार सबैभन्दा सक्रिय उमेर समूहमा बढी संक्रमित देखिनुले यसको व्यापकता र जटिलता दुवै देखाउँछ । ‘यो डरलाग्दो तथ्यांक हो, नेपालले आफ्नो सारा अवसर गुमायो, दक्षिण एसियामा सबैभन्दा नराम्रो अवस्थामा पुग्ने डर भयो,’ उनले भने, ‘खास गरेर राजधानी काठमाडौं नै कोल्याप्स भयो भने देशभरिको अरू भाग त सबै कोल्याप्स हुन्छ ।’

काठमाडौं जिल्लामा काम गर्ने उमेर समूहअन्तर्गत २१ देखि ५० वर्षसम्मका कोभिड संक्रमित ७२.८२ प्रतिशत छन् । ‘दिनहुँ हजार–दुई हजारभन्दा बढी नयाँ कोभिड संक्रमित काठमाडौंमा देखिएका मात्र हुन्,’ उनले भने, ‘काठमाडौंमा संक्रमण भएर पनि पहिचान नभई घुमिरहेकाको संख्या कति छ कति । अब गम्भीर हुनुपर्ने स्थिति आइसक्यो ।’

Advertisement

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा कोभिड संक्रमण समुदायमा गइसकेको भए पनि आधिकारिक स्तरबाट प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स सर्भे’ को नतिजा पर्खनुपर्ने अवस्था छ । काठमाडौंमा कोभिड संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना भएको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘कोरोना भाइरसको काठमाडौं केन्द्रबिन्दु भयो । पछिल्लो दुई महिनामा कोभिडका चार गुणा केस बढेको छ । आईसीयूको त के कुरा, जनरल बेड पनि पाउन नसकिने अवस्था आएको छ ।’

स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरूले समेत काठमाडौंमा कोभिड बिरामीका लागि बेड पाउन गाह्रो भएको, नपाइएको गुनासो बढ्दै गएपछि बाध्य भएर सबै सरकारी अस्पतालमा कोभिडको उपचार गर्न थालिएको बताए । उनीहरूले अझै बेडको समस्या कायमै रहेको जनाए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top