×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमणः १२ को मृत्यु, ४० भन्दा बढी घाइते

१ कार्तिक २०७७

१ कार्तिक, एजेन्सी ।
अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ ।

शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ ।

Advertisement
Advertisement

आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको समाचारमा उल्लेख छ ।

अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् ।

साथै उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका छन् । प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएका छन् । यसैबीच टर्कीले अर्मेनियाली आक्रमणको निन्दा गरेको छ ।

टर्कीको सत्तारुढ दलले अर्मेनियालाई ‘दुष्ट राज्य’ को संज्ञा दिँदै गान्जामा भएको आक्रमण मानवताविरोधी अपराध भएको बताएको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता आमेर सेलिकले युद्धविराम घोषणा भए पनि अर्मेनियाले युद्धअपराधलाई निरन्तरता दिनु दुःखद भएको बताएका छन् ।

अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । तर पछिल्लो समय सेप्टेम्बर २७ यता अर्मेनियाले अजरबैजानी सुरक्षा फौज र सर्वसाधारणप्रति लक्षित आक्रमण गरिरहेको छ ।

केही दिनअघि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभको मध्यस्थतामा मस्कोमा अजरबैजान र अर्मेनियाबीच युद्धविराम गर्ने सहमति भएको थियो । तर अर्मेनियाले उक्त सहमति उल्लंघन गर्दै एकपक्षीय रुपमा अजरबैजानमाथि आक्रमण गर्दै आएको छ ।

के हो विवाद ?

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपति यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ ।

पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए ।

त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ । नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top