×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

१ कार्तिक २०७७

१ कार्तिक, काठमाडौं ।
नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ ।

काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो । पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Advertisement
Advertisement

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् ।

जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।

गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।

शक्तिपीठ खोल्न विश्व हिन्दू महासङ्घको माग

विश्व हिन्दू महासङ्घले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ ।

सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासङ्घले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेत्र भएको उल्लेख गरेका छन् ।

बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासङ्घले माग गरेको छ । महासङ्घ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

नेपालीको महान् चाड बडादशैँ आजदेखि शुरु भएको छ । आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ । त्यहीँ दुर्गाभवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ ।

Advertisement

वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ ।(रासस)

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top