सबै अस्पतालले कम्तीमा ५० प्रतिशत बेड कोरोनाका लागि छुट्याउनु पर्ने

२ कात्तिक, काठमाडौं ।

अब सबै अस्पतालले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियूलगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन भनेको हो।

यसअघि सरकारले निजी, सहकारी र सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो। मन्त्रालयले उक्त निर्णय परीवर्तन गर्दै ५० प्रतिशत पुर्‍याएको हो।

Advertisement

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने ‘अस्पताल व्यवस्थापनको अहिलेको व्यवस्था अनुसार निजी, सहकारी र सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिड–१९ का लागि छुट्याउनुपर्ने निर्णय भएकोमा सो निर्णय परिवर्तन गरी अब सबै निजी, सहकारी, सामुदायिक अस्पताल, सरकारी अस्पताल तथा मेडिक कलेजहरुलाई कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या आईसीयू लगायतका पूर्वाधार कोभिड-१९ को व्यवस्थापनका लागि छुट्टाउनुपर्नै निर्णय भएको छ । ’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top