×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

३ कार्तिक २०७७

३ कात्तिक,  बेइजिङ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् ।

Advertisement
Advertisement

तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका छन् । सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरु मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुबैमा सुधार आएको छ ।

क्यापिटल इकनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताए अनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उनले बताए ।

चीनमा गत डिसेम्बरमा कोरोना महामारीको थालनी भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । उक्त घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीन कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्तराज्य अमेरिका, युरोप र जापानको आर्थिक क्रियाकलाप संकुचित हुँदैछन् ।

Advertisement

अन्तर्राष्ट्रिय मुद्राकोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जबकि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ ।रासस/ सिन्ह्वा

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top