×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु

४ कार्तिक २०७७

४ कात्तिक, काठमाडाैँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताएका छन् ।

यससँगै आज कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म कोभिड १९ संक्रतिको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

Advertisement
Advertisement

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

यस्तै पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताए । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ ।

Advertisement

आज देशभर २ सय ७३ जना संक्रमितको आइसियुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहको छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top