दमकमा दुई सङ्क्रमितको मृत्यु

४ कात्तिक ७७, मंगलबार
Share this
842shares

४ कात्तिक, झापा ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती सङ्क्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो । त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए ।

Advertisement

दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुवै सङ्क्रमितको आज कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top