कैलाली प्रहरी हत्या प्रकरणः थप एक आरोपी पक्राउ

४ कात्तिक ७७, बुधबार

५ कार्तिक, कैलाली ।
कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्‍न आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले गएराति कैलालीको जुगेडाबाट रोहित राना (ख) लाई पक्राउ गरेको हो ।

यसअघि हत्या आरोपमा प्रहरीले सात जनालाई अभियुक्तका रुपमा सार्वजनिक गरिसकेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

यसअघि प्रहरीले सार्वजनिक गरेका आरोपीमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना थिए ।

Advertisement

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए ।

उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ । अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top