दुई प्रहरीको हत्याले आशंका, त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

५ कात्तिक ७७, बिहीबार

धनगढी : कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन्। दुवै जना राति १० बजेदेखि नै सम्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो। माथिल्लो निकायमा समयमै किन खबर गरिएन ? यसबारे जिल्ला प्रहरी प्रवक्ता विष्ट भन्छन्, ‘पालैपालो गस्ती जाने गरिन्छ। गस्तीमा फर्किने समयको ठेगान हुँदैन। त्यसैले ढिलो गरी खबर गरिएको हुन सक्छ।’

सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ। असइको टोलीसँग नहुने कुरै भएन। संवेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान्। केही परिहाले आकस्मिक टोलीका लागि कुरा गरे होलान्। तर, प्रहरी यसबारे अनुसन्धान भइरहेको छ भनेर पन्छिन्छ। सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन्।

Advertisement

सीमा नाकामा हुने चोरी तस्करी र आपराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ।

त्यसो हो भने ब्याक फोर्स किन गएन ? एक प्रहरी अधिकृत भन्छन्, ‘असइ विक दुस्साहसी र निडर थिए। चौकीमा थोरै जनशक्ति भएकाले पनि उनीहरू दुई जना मात्र गस्तीमा निस्किए। तस्करसँग सेटिङ गरेको भए उनीहरू बाँच्थे होलान् तर इमानदार भएकाले मारिए।’

Advertisement

असइ विक र जवान साउद तस्करी भइरहेको सूचनाका आधारमा बेलुकीको खाना खाएर मोटरसाइकल चढी सीमातिर गस्तीमा गएका थिए। उनीहरूले आफू चढेको मोटरसाइकल नजिकैको बस्तीमा एक घरमा राखे। आआफ्नो स्लिपिङ ब्याग समातेर उनीहरू तस्कर ढुक्न बसेको हुन सक्ने प्रहरीको अनुमान छ। उनीहरूले मोटरसाइकल छाडेको स्थानभन्दा घटनास्थल झन्डै २ किमि दूरीमा छ।

जुगेडा गाउँ धनगढी उपमहानगरपालिका–९, १० र १२ को तल्लो भाग (सीमातर्फको भाग) हो। त्यहाँबाट तस्करी हुने गरेको सबैलाई थाहा छ। प्रहरी त्यसबारे अनभिज्ञ रहने कुरै भएन। अझ त्यो क्षेत्रमा भारत र नेपालका तस्कर हतियारसहित फेला परेका, गोली हानेर भागेका घटना भएकै थिए। त्यसैले प्रहरीले त्यस क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रूपमा राखेको छ।

त्यही दिन किन गएन सशस्त्रको गस्ती ?
दुई प्रहरी मारिएको घटनास्थलको पूर्व र पश्चिम सशस्त्र प्रहरीका दुईवटा बीओपी छन्। पूर्वतर्फको बीओपीको दूरी झन्डै एक किमि मात्रै छ। तर, त्यस रात सशस्त्र प्रहरी गस्तीमा गएको देखिँदैन। ‘संयोग हो वा जानी–जानी हो थाहा भएन। सधैं राति गस्तीमा भेट हुने सशस्त्र प्रहरी त्यो दिन भेटिएन’, जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत एक सुरक्षाकर्मीले भने।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top