ब्राजिलमा कोरोना खोपको परीक्षणमा सहभागी व्यक्तिको मृत्यु

६ कार्तिक, एजेन्सी ।
ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सहभागीको मृत्यु भए पनि ब्राजिलले चिकित्सकीय परीक्षण जारी राख्ने बताएको छ । रोयर्टसले अक्सफोर्ड विश्वविद्यालयलाई उद्धृत गर्दै लेखेको छ, चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था छैन ।

एस्ट्राजेनेकाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै सहभागी व्यक्ति कोरोना खोपको परीक्षणमा सहभागी भए पनि मेनेन्जाइटिसको खोप दिइएको थियो ।

यदि उनलाई कोभिड–१९ विरुद्धको खोप दिइएको थियो भने कोरोना खोपको परीक्षण रोकिने जानकारी स्रोतले दिएको रोयटर्सले उल्लेख गरेको छ ।

ब्राजिलमा तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्वविद्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ ।

विश्वविद्यालयले यसअघि कोरोना खोपको परीक्षणमा सहभागी व्यक्ति ब्राजिली नागरिक भएको जानकारी दिएको थियो ।

सीएनएन ब्राजिलका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ ।

विश्वविद्यालयका प्रवक्ताका अनुसार ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।

ब्राजिल सरकारले अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना खोप रियोस्थित फियोक्रुज बायोमेडिकल रिसर्च सेन्टरमा ठूलो मात्रामा बनाउन सकिने दाबी गरेको छ ।

त्यस्तै ब्राजिली अनुसन्धान केन्द्र बुटानटान इन्स्टिच्युटले पनि चीनको सिनोभाक बायोटेक कम्पनीले बनाइरहेको कोरोना खोपको परीक्षण गरिरहेको छ । ब्राजिलले यो खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने पनि बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top