तलेजुमा बलिरहित पूजा, लगिएन दशैँघर

७ कात्तिक ७७, शुक्रबार

७ कात्तिक, भक्तपुर।

Advertisement

यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो ।

Advertisement

तलेजुलाई मूल चोकको दशैघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष कुमारीलाई क्वाठण्डाँ स्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top