नब्बे गैँडा तस्कर अझै फरार

३० बैशाख ७५, सोमबार

चितवन, ३१ वैशाख ः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ।

“तल्लोदेखि माथिल्लो तहसम्म खोजी भइरहेको छ,” उनले भने । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, निकुञ्ज विभागको वन्यजन्तु अपराध नियन्त्रण इकाइ, जिल्ला प्रहरी कार्यालय र तिनका मातहत कार्यालय, निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि फरार अभियुक्तको खोजी गरिरहेको छ ।

Advertisement

स्वदेश र विदेशमा लुकीछिपी रहेका तस्करको खोजी जारी रहेको अर्यालले बताए । त्यस्ता व्यक्तिविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरी विदेशका विभिन्न मुलुकमा खोजी जारी राखिएको छ । यसै क्रममा २०७१ सालमा मलेसियामा रहेका राजकुमार प्रजालाई त्यहाँको प्रहरीले पक्राउ गरी पठाएको थियो । उनीविरुद्ध २० वटा गैँडा मारेको अभियोग लागेको छ ।

सन् १९९५ यता निकुञ्जमा तस्करले १७६ गैँडा मारेका थिए । त्यस समय र त्योभन्दा अघिदेखिका फरार तस्करको खोजी भइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी गैँडा तस्करले मारेका थिए । विसं २०५८ देखि २०६३ सम्म १०६ गैँडा तस्करले मारेको निकुञ्जले जनाएको छ ।

Advertisement

सन् २००२ मा मात्रै ३५ गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा शून्य चोरीशिकार हुँदै आएको छ । विसं २०६८ यता तीनवटा गैँडा तस्करले मारेका छन् । सन् २०११, २०१३, २०१५ र २०१६ शून्य चोरीशिकार वर्ष भएका छन् ।

निकुञ्ज ऐनमा गैँडा चोरीशिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म जेल र रु पाँच लाखदेखि रु १५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय संरक्षणप्रति स्थानीय बासिन्दाको सहभागिता बढ्दै गएपछि चोरीशिकारीमा कमी आएको छ ।

मध्यवर्तीका बासिन्दा चोरीशिकारविरुद्ध संगठित ढंगले लागिपरेका छन् । निकुञ्ज प्रशासन, खटिएका सेना विभिन्न नयाँ रणनीतिका साथ चोरीशिकार नियन्त्रणमा जुटेका छन् । सूचना अधिकारी अर्यालले सबैको सहयोगका कारण चोरीशिकार घटेको र फरार रहेका तस्कर पक्राउ पर्ने क्रम जारी रहेको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top