×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनमा बहस

३१ बैशाख २०७५

काठमाडौँ, ३१ वैशाख ः सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो ।

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताएका थिए ।

Advertisement

प्रमुख प्रतिपक्षी दलका सांसदले सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गरे ।

यस क्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए। उनले नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक हित र समानताका आधारमा समान हैसियतमा अगाडि बढ्नेछ भने ।

एमालेका उपाध्यक्षसमेत रहेका सांसद रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको चर्चा गर्दै संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको हुँदा सच्याउन माग गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा अपुरो कुरा आएकामा सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं कुराकानीका विषयमा राखेको अभिव्यक्ति अधुरो आएको बताए ।

नेकाका सांसद सिंहको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेका सांसद विरोध खतिवडाले राष्ट्रियताप्रति सदनमा बहस गर्नु हुँदैन भने ।

सोही पार्टीका सांसद डा मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गरे ।

काँग्रेसकै सांसद भीमसेनदास प्रधानले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने बताए ।

नेकपा (माओवादी)का सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका कुराकानी एवं सहमतिका विषयमा हिजो सदनसमक्ष राखेको अभिव्यक्ति कार्यान्वयनमा आओस् भने।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा भारतबाट पनि सुरक्षाकर्मी आएको विषयमा जनतास्तरबाट प्रश्न उठेको चर्चा गर्दै नेपालमा आउने पाहुनालाई सुरक्षा प्रत्याभूति दिन सरकार सक्षम रहेको छ भने ।

संघीय समाजवादी फोरम नेपालका सांसद मोहम्मद इस्तियाक राईले नयाँ बजेटले आर्थिक समृद्धिमा ध्यान दिन माग गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीले समेत समाचार संकलन गर्न अप्ठ्यारो परेकामा सरकारको ध्यानाकर्षण गराए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाडौँका हरेक सडकमा हुने जाम, धुवाँ र धुलोबाट जनता आक्रान्त भएको भन्दै सरकारले कहिलेसम्म सडकलाई धुलो, धुवाँमुक्त बनाउँछ भन्ने प्रश्न गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिहीन रहेको बताए ।

आक्रमणकारी छिटो पक्राउ गर्न माग

नेकपा (एमाले) सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सङ्घातिक आक्रमण गर्नेमाथि २३ दिन बितिसक्दा पनि अपराधीमाथि किन पक्राउ हुँदैन ? यसका बारेमा गृहमन्त्रीले जवाफ दिन माग गरे ।

सोही पार्टीका महेश बस्नेतले कृषिको औद्योगिकीकरण, यान्त्रिकीकरण गर्न आग्रह गर्दै मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न माग गरे ।

नेकपा (एमाले)का नारदमुनि रानाले हरेक वर्ष आउने बाढीले कैलाली जिल्लालाई आक्रान्त पार्ने हुँदा आगामी बाढीको असरलाई कम गर्न समयमै ध्यान दिन सरकारसित माग गरे ।

नेपाली काँग्रेसका गगनकुमार थापाले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो ? भन्दै प्रश्न गरे । उनले भने, “नाकाबन्दीको पीडा कुन नेपालीले बिर्सेका छन् ? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?”

Advertisement

संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले समग्र मधेशको विकासमा सरकारको ध्यान जाओस् भने ।
रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top