आजका प्रमुख खबरहरुः
१.(विजया दशमीको शुभकामना)
बडादशैंको मुख्य दिन आज विजयादशमीको अवशरमा मान्यजनको हातबाट भौतिक दुरी कायम गर्दै टीका र जमरा लगाएर मनाइयो /घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा थाप्ने प्रचलन ।
२.(राष्ट्रपतिको आग्रह)
सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान /आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व भएकाले सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह ।
३.(राष्ट्रपतिको टीका)
विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा राष्ट्रपति विद्यादेवी भण्डाररुीद्वारा टीका ग्रहण /सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोनाका कारण स्थगित ।
४.(प्रधानमन्त्रीको आह्वान)
बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान /विषम परिस्थितिमा चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव ।
५.(प्रधानमन्त्रीको टीका)
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बुबा मोहनप्रसाद ओली झापामा भएकाले विजया दशमीको टीका राष्ट्रपतिको हातबाट मात्र लगाए /प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम समेत स्थगित ।
६.(उपराष्ट्रपतिको अपील)
महान चाड बडादशैंलाई कोरोना संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा उपराष्ट्रपति नन्दबहादुर पुनको अपील /जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउने विश्वास व्यक्त ।
७.(यसपाली यस्तै भो…..)
महामारीका कारण यसवर्षको दशैंमा जो जहाँ छौं त्यही मनाउन सरकारको आह्वान पछि दशैं मनाउन यात्रा गर्नेहरु कमै देखिए / यसवर्ष घरघरमै र टाढा रहनेहरुले भर्चुअल र फोनबाटै दशैं मनाए ।
८.(आजको संख्या)
आजसम्म नेपालमा ८ सय ६२ जना कोरोना संक्रमितको मृत्यु / आज मात्र थपिए १७ सय ४१ संक्रमित /४ हजार ५ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुग्यो ।
९.(प्रधानमन्त्रीको बचाउ)
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटको बचाउ गर्दै भेटबारे प्रायोजित कुप्रचार भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /सरकार विरूद्ध आफ्नै पार्टीका नेताहरुले पनि गलत बहस सिर्जना गर्न खोजेको आरोप ।
१०.(मुख्यमन्त्रीको दाबी)
संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ रहेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाई /कोभिड नियन्त्रणका लागि उल्लेख्य काम गरेको दाबी ।
११.(चाडपर्वले बढ्यो जोखिम)
बडादशैं पर्वमा प्रदेश २ का सबैजसो जिल्लालगायत अन्य क्षेत्रमा जताततै मेला र उत्सवसँगै देखिने भीडभाडले सङ्क्रमणको जोखिम बढायो /सङ्क्रमण बढिरहेकै बेला दशैंमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासनको आदेशको केही स्थानमा उल्लंघन ।
१२.(खुलामञ्चमा टीका र दक्षिणा)
लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालद्वारा खुलामञ्चमा सर्वसाधारणलाई टीक र दक्षिणा ग्रहण /आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर टीमले सरकारको कमि पुरा गरेर सर्वसाधारणको भनाई ।
१३.(राजदूतको शुभकामना)
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिए नेपालीहरुलाई दसैंको शुभकामना /दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि राजदूतको कामना ।
१४.(भागवतको भनाइ)
चीनलाई चुनौती दिन नेपाल लगायतका छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने भारतको सत्तारुढ भाजपाको राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतको भनाई / चीनले लद्धाखमा भारतीय भूमि मिचेको भनी कडा शब्दमा आलोचना ।
र,
१५.(विश्वमा आज)
विश्वमा हालसम्म कोरोनाबाट ११ लाख ५९ हजार बढी संक्रमितको मृत्यु /४ करोड ३४ लाख बढी संक्रमित मध्ये ३ करोड १९ लाख बढी कोरोना मुक्त भए ।