×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

२५ चैत्र २०८२

२५ चैत , काठमाण्डौ।

इरानको सभ्यता नै समाप्त गरिदिने इतिहासकै कठोर मानवताविरोधी चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको रोयर्टसले जनाएको छ ।

Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु। ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। उनले भनेका छन्, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।’

छलफलका आधारमा, उहाँहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी सैन्य कारबाही रोक्न आग्रह गर्नुभएको थियो। साथै, इरानले होर्मुजलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा, म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु। यो दुवै पक्षीय युद्धविराम हुनेछ। यसको कारण के हो भने, हामीले आफ्ना सबै सैन्य लक्ष्यहरू पूरा गरिसकेका छौँ, र दीर्घकालीन शान्ति सम्बन्धी एक निर्णायक सम्झौतामा हामी निकै अगाडि बढिसकेका छौँ — जसले इरानसँग मात्र होइन, समग्र मध्यपूर्व क्षेत्रमा शान्ति स्थापना गर्ने लक्ष्य राखेको छ। हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ, र त्यसलाई वार्ताका लागि व्यवहारिक आधार मानिएको छ।

विगतका धेरैजसो विवादका विषयहरूमा अमेरिका र इरानबीच सहमति भइसकेको छ। अबको दुई हप्ताको समयले उक्त सम्झौतलाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हैसियतले, र मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, यो दीर्घकालीन समस्याको समाधान नजिक पुग्न पाउँदा मलाई गर्व लागेको छ। इरानले पनि युद्धविरामको पुष्टि गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ। इरानले होर्मुज स्ट्रेट दुई हप्ता खुला गरिने जानकारी गराउँदै यस अवधिमा आफ्ना नागरिकलाई राष्ट्रिय एकता कायम राख्न र पूर्ण शक्तिका साथ विजय मनाउन आग्रह गरेको छ। मेहर समाचार एजेन्सीका अनुसार यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो।

युद्धविराम सम्झौता देशका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले अनुमोदन गरेका छन्। इरानले यो सम्झौतालाई आफ्नो विजयका रूपमा वर्णन गरेको छ। इरानको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी शान्ति सम्झौताका लागि थप वार्ता अब पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ।’ इरानले मध्यपूर्व युद्ध अन्त्य नभएको र आफ्नो सबै माग पूरा नभएसम्म लड्ने बताएको छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । परिषद्का अनुसार युद्धविराम वार्तामा १० बुँदे प्रस्तावका सबै विवरणहरू अन्तिम रूप दिएमा मात्र इरानले युद्धको अन्त्यका सर्तहरू स्वीकार गर्नेछ । परिषद्ले भनेको छ, ‘हामीलाई अमेरिकामाथि विश्वास छैन । हामीले अमेरिकालाई वार्ताको लागि दुई हप्ताको समय दिएका छौँ । यो समय आपसी सहमतिमा बढाउन सकिन्छ ।’

‘यदि युद्धभूमिमा शत्रुको आत्मसमर्पण वार्तामा निर्णायक राजनीतिक उपलब्धि बन्छ भने हामी यो ऐतिहासिक विजयसँगै मनाउनेछौँ । अन्यथा, हामी इरानी जनताका सबै मागहरू पूरा नभएसम्म मैदानमा काँधमा काँध मिलाएर लड्नेछौँ । हाम्रो औंला ट्रिगरमा छ, र शत्रुको कुनै पनि सानो गल्तीलाई पूर्ण शक्तिका साथ जवाफ दिइनेछ ।’ इरानले भनेको छ ।

यसैबिच इजरायल पनि दुई हप्ता युद्धविराम गर्न सहमत भएको छ। ह्वाइट हाउसका एक अधिकारीले यस अवधिमा इजरायलले पनि इरानमा आक्रमण नगर्ने बताएका छन्। यसअघि राष्ट्रपति ट्रम्पले समयसीमा तोक्दै सहमति नभए ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ चेतावनी दिएका थिए ।

उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका थिए, आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ । यसअघि ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा होर्मुज जलसन्धि खुलाउन चेतावनी दिँदै इरानका ऊर्जा प्लान्टहरू र पुलहरू ध्वस्त पार्ने कुरा दोहो¥याएका थिए । उनले इरानलाई ’एकै रातमा समाप्त गर्न सकिन्छ’ भनेका थिए ।

यदि इरानले तोकिएको समयभन्दा अगाडि अमेरिकासँग सम्झौता नगरे जुनसुकै बेला कारबाही हुन सक्ने चेतावनी दिएका थिए । र यो मंगलबार राति हो । ह्वाइट हाउसमा ट्रम्पले इरानका नेताहरू वार्ता गरिरहेका तर कुनै सम्झौता हुनेछ कि छैन भन्ने अझै स्पष्ट नभएको बताएका थिए ।

ट्रम्पले लेखेका थिए, ’आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन । म यस्तो होस् भन्ने चाहन्नँ, तर सायद यस्तै हुनेछ । यद्यपि, अब जब हाम्रो यहाँ पूर्ण सत्ता परिवर्तन भएको छ– जहाँ फरक, अधिक समझदार र कम कट्टर सोचका व्यक्तिहरू हाबी छन् – तब सायद केही धेरै शानदार र क्रान्तिकारी हुन सक्छ । कसलाई थाहा ? हामीलाई आज राति थाहा हुनेछ । जो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक हो । ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुनेछ ।

इरानका महान् जनतामाथि ईश्वरको कृपा रहोस् ! ट्रम्पको यो अभिब्यक्तिपछि इरानलाई लिएर विश्वभर चिन्ता ब्यक्त भएको थियो ।लगत्तै इजरायलले इरानका मानिसहरूलाई रेलमा यात्रा नगर्न चेतावनी जारी गरेको थियो । चेतावनीमा आगामी १२ घण्टासम्म रेल प्रयोग नगर्न र रेलवे ट्र्याकबाट टाढा रहन भनिएको थियो ।

इजरायली सेना (आईडीएफ) ले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रिय नागरिक, तपाईंको सुरक्षाका लागि हामी तपाईंलाई अबदेखि राति ९ बजे (इरानी समय) सम्म देशभर रेलमा यात्रा नगर्न अपिल गर्दछौँ। रेल र रेलवे लाइननजिक रहनु तपाईंको ज्यानका लागि खतरा हुन सक्छ।’

धम्कीको चौतर्फी विरोध भइरहँदा इरानमा भने आम मानिसहरू महत्त्वपूर्ण सार्वजनिक संरचनाको वरपर भेला भएर ’मानव साङ्लो’ बनाउन थालेका थिए । इरानी सञ्चार माध्यमहरूका अनुसार पुल, बिद्युत् संरचना लगायत पूर्वाधार वरपर भेला भएका इरानीहरू अमेरिका विरुद्ध नाराबाजीमा उत्रिएका थिए ।

यस संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ‘कूटनीतिलाई स्थान दिन’ भन्दै ट्रम्पलाई आफ्नो समयसीमा दुई साता थप्न आग्रह गरेको थियो । लगत्तै ट्रम्प युद्धविरामका लागि सहमत भएका हुन् । इरानी सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि इरान युद्धविरामका लागि तयार भएको हो ।

इरानले यस सहमतिलाई आफ्नो ‘रणनीतिक जित’ का रूपमा व्याख्या गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानमाथिका आक्रमण रोकिए आफूहरू पनि लडाइँ रोक्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । अमेरिका र इजरेलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि यसको असर विश्वभर परेको थियो ।

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ।

Advertisement

यस्तै जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ। हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी थियो। त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई र अहिले गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिइसकेका छन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top