अमेरिका–इरान युद्ध : १४ सर्वसाधारणको मृत्यु, होर्मज सुनसान

२६ असार , काठमाण्डौ ।

अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएको छ। अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाहको १३१ दिनपछि अन्त्येष्टि गरिएको छ । उनको शव १३१ दिनसम्म चिसोमा सुरक्षित राखिएको थियो ।

शुक्रबार बिहान खामेनीलाई उनको गृहसहर मशहदस्थित इमाम रेजा तीर्थस्थलको ‘दार अल–जिक्र’ परिसरमा गाडिएको हो । इमाम रेजा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र धार्मिक स्थलहरूमध्ये एक मानिन्छ । हजारौं सर्वसाधरणहरुको उपस्थितिमा खामेनीको गृहनगर मशहदमा उनलाई अन्तिम बिदाइ गरिएको हो ।

Advertisement

अन्त्येष्टि यात्राका क्रममा ठूलो संख्यामा मानिसहरू शोकमा डुबे र आफ्नो छाती पिट्दै गरेको देखिएका थिए ।अन्त्येष्टि समारोहमा उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी भने सम्पूर्ण प्रक्रियाका क्रममा कतै देखिएनन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, सुरक्षा खतराका कारण मोज्तबा अन्त्येष्टिमा सार्वजनिक रूपमा सहभागी भएनन् ।

अब इरानका सर्वोच्च नेता मोजतबा खामेनेई पदभार ग्रहण गरेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्न सक्ने अनुमान गरिएको छ। इरानको अर्ध–सरकारी तस्नीम समाचार एजेन्सीका अनुसार, सर्वोच्च नेता मोजतबाले आफ्ना दिवंगत पिता आयातोल्लाह अली खामेनेईको सम्झनामा आयोजना गरिने सार्वजनिक प्रार्थना सभाको नेतृत्व गर्नेछन्।

Advertisement

इरानी समाचार एजेन्सीका अनुसार अली खामेनेईको सार्वजनिक प्रार्थना सभाको नेतृत्व उनका छोरा तथा उत्तराधिकारी मोजतबा खामेनेईले गर्नेछन्। यो कार्यक्रम शनिबार फातिमा मासूमेहको मजार परिसरस्थित इमाम खुमैनी प्रार्थना हलमा आयोजना गरिनेछ। यस समाचारपछि मोजतबा खामेनेई अन्ततः सार्वजनिक रूपमा देखा पर्ने हुन् कि भन्ने अड्कलबाजी तीव्र भएको छ।

अली खामेनेईको मृत्यु भएपछि अप्रिलको सुरुआतमा मोजतबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको थियो। तर त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनी आफ्ना पिताको अन्त्येष्टिमा पनि सहभागी भएका थिएनन्, जबकि उनका तीन भाइहरू तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा आयोजित प्रार्थना सभामा देखिएका थिए।

विभिन्न प्रतिवेदनका अनुसार सम्भावित इजरायली आक्रमणको जोखिमलाई ध्यानमा राख्दै मोजतबाले अन्त्येष्टिमा सहभागी नहुने निर्णय गरेका थिए। अन्त्येष्टि समारोहमा संसदका सभामुख मोहम्मद बागेर घालिबाफ, प्रधानन्यायाधीश गुलामहोसेन मोहसेनी एजेई र खामेनीका छोरा मुस्तफा खामेनी लगायत इरानका धेरै वरिष्ठ नेताहरू उपस्थित थिए ।

२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनी मारिएका थिए । सोही आक्रमणमा खामेनीका परिवारका धेरै सदस्यहरू पनि मारिएका थिए । यसअघि एक सातासम्म चलेको शोक समारोह र श्रद्धाञ्जली जुलुसमा एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको जनाइएको थियो।

इरानी अधिकारीहरूले वास्तविक संख्या यसभन्दा दोब्बर हुन सक्ने दाबी गरेका छन्। इरानी सञ्चारमाध्यमका अनुसार कर्बलामा आयोजित जुलुसमा मात्र करिब एक करोड मानिस सहभागी भएका थिए। खामेनीको अन्तेष्टिका बीच अमेरिकाले जलडमरूमध्य होर्मुज आसपासका क्षेत्रसहित ९० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

इरानका अनुसार पछिल्लो दुई दिनमा अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बुसेहर परमाणु ऊर्जा केन्द्र नजिकका क्षेत्र पनि आक्रमणको निशानामा परेका छन्। यद्यपि, अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले कुवेत, बहराइन र कतारस्थित अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी मिसाइल प्रहार गरेको जनाएको छ। त्यसपछि कुवेत, जोर्डन र इराकका केही स्थानमा पनि थप आक्रमण गरिएको इरानसँग निकट सञ्चारमाध्यमले दाबी गरेका छन्।

यसैबीच, उत्तरपूर्वी इरानको मशहदस्थित इमाम रेजा धार्मिकस्थलमा अयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि सम्पन्न भएको छ। हजारौं शोकाकुल नागरिक अन्तिम श्रद्धाञ्जली दिन सडकमा उत्रिएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गर्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

इरानको विदेश मन्त्रालयले पछिल्लो अमेरिकी आक्रमणलाई ‘गम्भीर युद्ध अपराध’ भन्दै अमेरिकी प्रशासनको कडा आलोचना गरेको छ। मन्त्रालयका अनुसार तेहरान–मशहद जोड्ने पुल र रेलमार्गका केही भाग पनि आक्रमणबाट क्षतिग्रस्त भएका छन्।

उता, खाडी क्षेत्रका देशहरूले पनि इरानी आक्रमणको पुष्टि गरेका छन्। बहराइनको राजधानी मनामामा विस्फोट भएको, कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको जनाएको छ। बिहीबार साँझ इरानको दक्षिणी बन्दरगाह सहर कोनारकमा पनि विस्फोट भएको स्थानीय अधिकारीले बताएका छन्।

उनका अनुसार नौसैनिक अड्डा ‘शत्रुपक्षको आक्रमण’को निशानामा परेको हो। तर अमेरिकी रक्षा अधिकारीले पछिल्ला केही घण्टामा इरानभित्र कुनै नयाँ आक्रमण नगरेको बताएका छन्। यसैबीच, निरन्तरको सैन्य तनावका कारण विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूको संख्या उल्लेखनीय रूपमा घटेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् ।

अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि जारी रहँदा विश्वको प्रमुख सामुद्रिक व्यापार मार्ग होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजको सङ्ख्यामा उल्लेख्य कमी आएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top