कोरोनाविरुद्धको खोपले युवा तथा वृद्ध दुबैमा प्रतिरोधि क्षमता बढायोःअक्सफोर्ड विश्वविद्यालय

१० कात्तिक ७७, मंगलबार

११ कार्तिक, एजेन्सी ।
कोरोना भाइरसविरुद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपले युवा तथा ज्येष्ठ नागरिक दुबैमा प्रतिरोधि क्षमता विकास गरेको बताइएको छ ।

बेलायती संस्था ड्रग मार्करका अनुसार सो खोपले निकै कम नकारात्मक असर देखाएको पनि जनाएको छ । सो विश्वविद्यालय अन्तगर्तको अस्ट्रा जेनिकाले सो खोपको विक्री तथा उत्पादनका लागि धेरै देश तथा कम्पनीसँग सम्झौता गरी सकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणविरुद्धको लडाँइमा यो ठूलो फड्को हुनसक्ने अनुमान गरिएको छ । एस्ट्रा जेनिकाका एक प्रवक्ताका अनुसार युवा र पाको उमेरका व्यक्तिमा रोग प्रतिरोधि क्षमताको विकास एकै किसिमले भएको तथा खोप लगाएपछि देखिने असर पनि पाको उमेरका मानिसमा निकै कम भएको पाइएको थियो ।

Advertisement

प्राविधिक नाम ‘एजेडडी १३२२’ नाम दिइएको सो खोपको पछिल्लो अनुसन्धान परिणामले सुरक्षा र प्रतिरोधि क्षमता दुबै राम्रो भएको थप प्रमाणहरु दिएको समाचारमा उल्लेख छ ।

एस्ट्रा जिनिकाले सो भनाइलाई पुष्टि गर्ने खालका विस्तृत तथ्यहरु भने सार्वजनिक गरेको छैन । साथै धेरै मानिसले प्रतीक्षा गरिरहेको र सो खोप प्रयोगका लागि अनुमित लिन गरिएको तेस्रो चरणको परीक्षण हाल अन्तिम क्षणमा रहेको र यसबाट आउने परिणाम पछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

Advertisement

खोपबारे बेलायती स्वास्थ्य मन्त्री म्याट ह्याकोकले सो खोप अहिले नै तयार नभए पनि आगामी वर्ष २०२१ को पहिलो छ महिनामै उत्पादन गर्ने गरी आवश्यक तयारी गरीरहेको बताएका छन् ।

बीबीसीले यो वर्षनै केही मानिसले खोप पाउन सक्छन भनि राखेको जिज्ञासामा उनले त्यो कुरालाई आफूले नकार्न नसक्ने बताए । उनले सो कार्यक्रम निकै राम्रोसँग अघि बढिरहेका भए पनि यसको टुङ्गो भने लागि नसकेको बताए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top