भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

३१ बैशाख ७५, मंगलबार

काठमाडौँ, १ जेठ ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो ।

नेविसंघले उनले भारतीय सांसमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्ति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा नेपाली झण्डाको अपमान, भारतीय सेनालाई भित्र्याएर नेपाली सेनाको मनोबल गिराएको आरोप लगाउँदै विरोध गरेको हो ।

Advertisement

प्रदेश नं २ का मुख्यमन्त्रीले जनकपुरमा दिएको अभिव्यक्ति, मुक्तिनाथमा नेपाली सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाउनाका साथै सीमा मिचिएकोबारे सरकार मौन बसेको भन्दै विरोध गरिएको नेविसंघका नेता दीपक भट्टराईले जानकारी दिए।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले भारतीय सांसद आजादले दिएको अभिव्यक्ति दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्राय भएकाले त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए । “सांसद आजादले दिएको अभिव्यक्ति सार्वभौमसत्ता, स्वाधीनता र नेपालीको स्वाभिमानमाथिको ठाडो प्रहार हो”, उनले भने ।

Advertisement

भारतीय सांसदले आजादले उक्त अभिव्यक्तिबारे माफ नमागेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top